२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात
विराटनगर । चालू आर्थिक वर्षको ११ महिनामा २ करोड ६१ लाख रुपैयाँ बराबरको रुद्राक्ष चीन निर्यात भएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको तथ्यांक छ । चीनमा ८० लाखभन्दा बढी तथा अमेरिकामा ६० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको जनाइएको छ ।
पूर्वी नेपालका संखुवा...



























