- संगालोखबर सम्वाददाता

धनकुटा, १३ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा कुटपिटबाट एक युवा गंभीर घाईते भएका छन् । स्थानीय युवाहरुको कुटाईबाट २५ बर्षीय प्रदिप राई गंभीर घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल धनकुटामा उपचार हुँन नसकेपछि घाईते राईलाई थप उपचारका लागि बिराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ । घाईतेको टाउकोसहित शरिरका अधिकांस भागमा चोट छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बुधबारसाँझ करिव ७ बजे घटना भएको हो । तर, करिव १९ घण्टा पछि बिहिबार दिउँसो २ बजेमात्र घटनास्थल नजिक घाईते राई फेला परेका हुँन ।

कुटपिटबाट गंभीर घाईते राई । तस्वीर : संगालोखबर

स्थानीय कविराज राई, मधु राई, विसाल राई, अमित राई, साजन राई लगायत करिव १८ जनाको समुहले कुटपिट गरेर राईलाई झाडीमा फालेको हुँनसक्ने आँखिसल्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनपती बिमलीले संगालोखबरलाई बताएका छन् ।

उनका अनुसार स्थानीय पानीटारमा भएको भलिवल खेलको बिषयलाई लिएर घटना उत्पन्न भएको अनुमान गरिएको छ । कुटपिटमा संलग्नको खोजी भईरहेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!