- संगालोखबर सम्वाददाता

धनकुटा, १४ पुष । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा बुधबार साँझ भएको कुटपिट घटनाको युवा संघ नेपाल धनकुटाले भत्सना गरेको छ । संघले आफ्नो संगठनका जिल्ला सदस्य प्रदिप भनिने समिर राईलाई मार्ने नियतले सांघातिक आक्रमण भएको जनाउँदै घटनामा सम्लग्न माथि कडा कारवाहिको माग गरेको हो ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै सम्लग्न माथि तत्काल कारवाहि नभए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

स्थानीय साजन राई, कविराज राई, अविन राई, क्षितिज राई, उदिप राई, प्रेम प्र.राई, बिशाल राई, आशिस राई, मधु राई, धन राई, मास्के राई, सुमन खड्का, नरेश राई, बिज्ञान राई, सुजन राई लगायतले उनीमाथी आक्रमण गरेको बिज्ञप्तीमा उल्लेख छ ।

घाइते प्रदिपका साथीहरु बालकुमार, रेशम राई र विवश राई माथिसमेत आक्रमण प्रयास गरिएपनि उम्किएर भाग्न सफल भएको जनाईएको छ । युवा संघका जिल्ला अध्यक्ष केशरमान तुम्सा लिम्बुद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई तत्काल कारबाही नगरिए युवा संघ नेपाल ‘हातमा दहि जमाएर नबस्ने’ उल्लेख छ ।

कुटपिटबाट गंभीर घाईते राईको धनकुटामा उपचार हुँन नसकेपछि थप उपचारका लागि बिराटनगर लगिएको छ ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

आँखिसल्लामा कुटपिटबाट एक युवा गंभीर घाईते, घाईतेको अवस्था चिन्ताजनक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!