उदयपुर, ११ मंसिर । उदयपुरमा सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन गम्भिर घाईते भएका छन । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाउँपालिका ६ जितेनी पाखामा मंगलबार दुर्घटना भएको हो ।

Advertisement

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको घट्नास्थलमै मृत्यु भएको हो ।

चालक रौतामाई गापा ४ का रत्न राई, भक्त ब.सार्की, निर्मला राइ गम्भिर घाइते भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए । सडकबाट अन्दाजि ३ सय मिटर तल अन्यन्त्रित भई सडकबाट तल खसेको थियो  । गम्भिर घाईतेलाई जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!