संगालोखबर सम्वाददाता

धनकुटा, ८ पुस । प्रमुख कानुन र आचारसंहिता विषयक पत्रकार आवद्धता तालिम शनिवारदेखि धनकुटामा शुरु भएको छ । नेपाल पत्रकार महासघ धनकुटाको संयोजनमा सुचना विभागले तालिम आयोजना गरेको हो ।

तालिम उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले आम नागरिकका सरोकारका विषयलाई बाहिर ल्याउन पत्रकारहरुको मूमिका महत्वपुर्ण हुने वताए । उनले समाचार सम्प्रेषण गर्दा त्यसले पार्ने प्रभावको वारेमासमेत ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।

Advertisement

नेपालमा प्रेस सम्वन्धि वनेका कानुनको वारेमा पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले आयोजित तीन दिने तालिममा धनकुटामा क्रियासिल करिव ३ दर्जन पत्रकारहरु सहभागि छन् ।

तालिम उद्घाटन कार्यक्रममा सहभागिहरु । तस्वीर : संगालोखबर

नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष डाः सुरेश आचार्य र प्रशिक्षक विजयप्रसाद मिश्रले तालिमको सहजिकरण गर्दैछन् ।

प्रेस सम्वन्धि वनेका कानुनहरु छापाखाना र प्रकाशन सम्वन्धि ऐन, नागरिक अधिकार ऐन, राष्ट्रिय प्रसारण ऐन तथा नियमावली, गाली र वेईज्जति ऐन, नेपालमा पत्रकारिताको विकास क्रम लगायतको वारेमा पहिलो दिन छलफल गरिएको छ ।

यसैगरि संविधानमा व्यवस्था भएको सञ्चारको हक, सुचनाको हक, गोपनियताको हक अन्र्तगत व्यवस्था भएका कुराहरुको वारेमा पनि तालिममा सहभागिहरुलाई जानकारी गराईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!