धनकुटा, १२ पुस । धनकुटाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका–४ को पञ्चकृष्ण माध्यमिक बिद्यालयलाई एक करोड आर्थिक सहयोग प्राप्त भएको छ ।
व्रिटिस गोरखा वालफेयर अफिस जिरिखिम्तीले बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो । मंसिर पहिलो सातावाट विद्यालयको भवन निमार्ण थालिएको छ ।

६ महिना भित्र भवन निर्माण पुरा गर्ने गरी निमार्ण कार्य भईरहेको विद्यालयका प्रध्यानाध्यापक शमशेरमान राईले संगालोखबरलाई बताएका छन् । उनका अनुसार विद्यालयमा ६ कोठे पक्की भवन निमार्ण हुनेछ ।
विद्यालयको भवन जिर्ण अवस्थामा रहेकाले पठनपाठनमा समस्या हुदै आएको थियो । अव सुविधायुक्त भवन निमार्ण हुने भएपछि पठनपाठनमा सहज हुने प्रध्यानाध्यापक राईले बताएका छन् ।