काठमाडौँ, १० पुस । भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् ।

Advertisement

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित हुनुभएको छ भने प्रदेश सभाको क मा राजेन्द्रकुमार राई र ९ख० मा शेरधन राई निर्वाचित भएका छन् ।

विसं २०६४ को संविधानसभामा सांसद निर्वाचित हुनुभएका सुदन किराँती विसं २०७० मा पराजित भए भने यसपटक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र को उम्मेदवार भई पुनः विजयी भए ।

जिल्लामा नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राई यसपटक प्रदेशसभातर्फ उम्मेदवार भई प्रदेश सभा ख बाट निर्वाचित भए ।  उनले आफू प्रदेशकै नेतृत्व लिने उद्देश्यका साथ उम्मेदवारी दिनुभएको र मुख्यमन्त्रीको दाबेदारकैरुपमा चुनाव प्रचार गरी २० हजार ३३४ मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोबिन्दबहादुर कार्कीले १३ हजार २२९ मत मात्र प्राप्त गरे ।

निर्वाचित भइसकेपछि भोजपुरका लागि विकासका के प्राथमिकता हुन सक्छन् भनी प्रश्न गर्दा प्रदेशसभा सदस्य शेरधन राईले भन्नुभयो, “भोजपुरको विकासका लागि सडक र विद्युतीकरण नै प्राथमिकतामा पर्छन् । त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता पनि छ । हामी घोषणापत्रअनुसारका प्रतिबद्घतालाई सूत्रबद्ध गरी काम शुरु गर्छौं ।”

भोजपुरबाट विजयी बनेर मुख्यमन्त्रीको दाबेदार रहनुभएका राई भन्नुहुन्छ, “प्रदेश नं १ तुलनात्मकरुपमा विकासको सम्भावना भएको प्रदेश हो, यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालुसहित आठ हजार मिटर माथिका धेरै हिमाल भएकाले पर्यटनको राम्रो सम्भावना छ भने अरुण, तमोरलगायत कोशी नदी पनि भएकाले विद्युत् उत्पादनको पनि अपार सम्भावना छ । हामीले यस प्रदेशबाटै भारत, चीन, भुटान र बंगलादेशसँग सडक सञ्जालले जोडी मुलुकको व्यापार विस्तार गरी समृद्धि हासिल गर्न सक्छौँ ।”

यस क्षेत्रमा कृषि, पर्यटन, जलस्रोतको तीव्र विकास गरी प्रदेशलाई समृद्घ बनाउन सकिने र पर्यटन विकासका लागि विराटनगर विमानस्थललाई पनि यथोचित विकास गर्नुपर्ने बताए ।

विभिन्न स्थानलाई प्रदेश नं १ को राजधानी बनाउने चर्चा भइरहेको सम्बन्धमा भोजपुरका लागि प्रदेशको राजधानी कहाँ पायक पर्न सक्छ रु भनी जिज्ञासा राख्दा उहाँले सो विषय छलफलकै क्रममा रहेको र उचित निर्णय लिइने बताउनुभयो । उहाँले प्रदेशको राजधानी र नामांकन प्रदेशसभाको दुई तिहाइले मात्र तोक्नसक्ने बताए ।

नयाँ सरकार बनेपछि यस क्षेत्रमा निश्चय नै परिवर्तन आउने उहाँको दाबी छ ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सुदन किराँतीले भोजपुर शैक्षिक र राजनीतिक जागरणका हिसाबले माथि भए पनि विकासमा पछि परी पूर्वकै कर्णाली जस्तै रहेकाले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमै ध्यान दिनुपर्ने बताए ।
समग्र प्रदेशकै विकासको सन्दर्भमा पनि वाम गठबन्धनका तर्फबाट भोजपुरको प्रदेश नं ख बाट निर्वाचित शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको पनि उनले बताए । सो हुनसकेमा समग्र १ नं प्रदेशको विकासमा भोजपुरले नेतृत्व गर्ने र भोजपुर पनि यसबाट लाभान्वित हुने उनको भनाइ छ ।

भोजपुरको प्रदेश क बाट प्रदेशसभामा नेकपा ९एमाले० बाट निर्वाचित सांसद राजेन्द्रकुमार राईले पनि भोजपुरको मुख्य समस्या बाटो नै भएको बताउँछन् । भोजपुरको उत्तरी क्षेत्रका लागि भने अरुण नदीमाथि लम्सुवाघाटको पुल बनिनसकेका कारण मुख्य राजमार्गसँग जोडिन नसक्दा ढुवानी भाडा महँगो हुन गई उपभोग्य सामग्री महँगो हुने गरेको उनले बताए ।

नेता राईले बाटाघाटा वर्षामा नचल्ने भएकाले स्तरोन्नति हुनुपर्ने र सडक सञ्जाल विस्तार हुनुपर्ने बताए ।
दोस्रो प्राथमिकतामा विद्युत् सेवा विस्तार र तेस्रोमा खानेपानी पर्ने उनले चर्चा गरे । धेरै विद्यालयमा आवश्यक दरबन्दी नदिइएको, मोबाइल टावर नभएको, अस्पतालको अभाव आदि अन्य समस्या उहाँले औँल्याउनुभयो ।

भोजपुरको पर्यटन विकासका लागि टेम्के, मैँयु र साल्पापोखरीको विकास गर्नुपर्ने राईले बताए । तेञ्जिङ र हिलारीले पहिलोपटक सगरमाथा चढ्न जाँदा भोजपुर भई गएको मार्गको पनि प्रचारप्रसार र प्रवद्र्घन हुनुपर्ने पनि उनले बताए ।

प्रदेश नं १ को राजधानी कहाँ उपयुक्त हुन्छ भनी प्रश्न गर्दा उहाँले भौगोलिकरुपमा केन्द्रमा पर्ने भएकाले भोजपुर पनि उपयुक्त हो, यदि सो हुन नसकेमा धनकुटा तथा इटहरी पनि भोजपुरका लागि राम्रा विकल्प भएको उहाँको विचार थियो ।

भोजपुरको टेम्के नजिक चखेवा भञ्ज्याङ पनि राजधानीका लागि उपयुक्त हुने चर्चा चले पनि पूर्वाधार नभएको सम्बन्धमा भने विस्तारै विकास गर्न सकिने पनि उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!