- संगालोखबर सम्वाददाता

धनकुटा, ७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलनरत जिल्लाबासीले शुक्रवारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् ।

धनकुटालाई राजधानी घोषणाका लागि दवाव दिन सुरु गरिएको हस्ताक्षर संकलन अभियानको पहिलो दिन चार हजार भन्दा वढिले धनकुटा राजधानी हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।

स्थानीय मदन चौकमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले हस्ताक्षर गरि अभियानको शुरुवात गरेका हुन् ।

हिले, पाख्रीवास, सिधुवा तथा भेडेटार वजारमा शनिवार हस्ताक्षर संकलन गरिने आन्दोलन मुल संघर्ष समितिका सदस्य विजयी सन्तोषी राईले जानकारी दिए ।

धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

धनकुटालाई राजधानी घोषणाका लागि दवाव दिर्दै एक साता यता जिल्लाबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!