रबिन कटेल

धनकुटा, १३ पुस । धनकुटाको हिलेमा आगामी माघ पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जिल्ला तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिएका छन् ।

Advertisement

राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा १ सय ७० खेलाडी, १५ प्रशिक्षक तथा २५ रेफ्री सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि करिब १२ लाख खर्च हुने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement