इटहरी, १० पुस । सुनसरीकाे बराह नगरपालीका ८ निवासी बर्ष ६८ का बिष्णु बराल सामान्य ज्वाेराे अाएपछि गाउमै रहेकाे स्वास्थ्य चाैकीमा अाैषधी लिन भनि गए तर चाैकीले हातमा पुर्जी मात्रै थमायाे अाैषधी छैन भनि पठाएपछि उनि निरास हुदै एक्लै गुनगुनाउदै बाहिरिए । त्यस्तै रूघाले ग्रस्त बराह नगरपालीका अासपासका ५३ बर्षीय मुनलाल मेहता पनि साे चाैकीमा अाैषधी लिन गए उनले पनि बरालकै जस्ताे हातमा पूर्जि बाहेक केही पाएनन । उनि निरास हुदै फर्किए ।

Advertisement

खेत खन्ने क्रममा काेदालाेले खुट्टा काटेपछि हतारमा स्वास्थ्य चाैकी पुगेकी बराह नगरपालीका ६ कि ४३ बर्षीया मखली देविले रगत थाम्नकाे निमित्त डिटल समेत पाइनन उनले साेही स्वास्थ्य चाैकीमा सामान्य पट्टी मात्रै बाधेर फर्किइन । यि माथिका उदहारण  सुनसरी बराह नगरपालीका ६ स्थित महेन्द्रनगर स्वास्थ्य चाैकीमा सेवा लिन अाउने सेवाग्राहीहरूकाे  हाे । बिभिन्न प्रकारका अाैषधीहरू लिन अाएका सेवाग्राहीहरू अाैषधी अभावले रित्तै फर्किएपछि सरकारी स्वास्थ्य चाैकीहरूमा देखिएकाे अाैषधी अभावकाे नमुना हाे याे ।

नेपाल सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयले मुलुक भरीका सरकारी अस्पतालहरूमा ७२ प्रकारका बिभिन्न अाैषधीहरू निशुल्क पाइने ब्यवस्था मिलाएकाे भएपनि कतिपय सुगम जिललाहरूमा नै अाैषधी अभाव खडकिएकाे छ । गर्मिकाे समय सकिएर जाडाे याम सुरू भएसंगै सरकारी अस्पतालहरूमा बिरामीकाे चाप बढदाे छ तर सरकारले दिने निशुल्क अाैषधी समेत अस्पतालहरूमा नहुदा सेवाग्राहीहरू मारमा परेका छन ।

 सुनसरीकाे बराह नगरपालीका अन्तरगत महेन्द्रनगर स्वास्थ्य चाैकीकाे पनि यस्तै अवस्था देखिएकाे छ । जाडाे याममा दैनिक सेवा लिन अाउने बिरामीहरूकाे चाप बढदाे छ तर अस्पतालमा अाैषधी अभाव भएपछि सेवाग्राहीहरू मारमा परिरहेका छन । महेन्द्र नगर स्वास्थ्य चाैकीका निमित्त प्रमुख बेद नारायण रायका अनुसार दैनिक १०० देखि २०० जना सम्म सेवाग्राहीहरू स्वास्थ्य चाैकीमा अाैषधी लिन अाउने गरेका छन तर अाैषधी अभावसंगै सेवाग्राहीहरू रित्ताे हात फर्कन बाध्य बनेका छन ।

पटक पटक जिला स्वास्थ्य कार्यालय लगायत सम्बन्धित निकायमा अाैषधी अभावकाे जानकारी सहित पत्र पठाउदा बेवास्था गरेपछि महेन्द्रनगर स्वास्थ्य चाैकी अहिले अाैषधी बिहीन बनेकाे छ । उक्त चाैकीमा हाल सामान्य ज्वराे अाएकाे बिरामीले सेवन गर्ने सिटामाेल समेत छैन । अाैषधी लिन अाउने सेवाग्राहीहरूलार्इ स्वास्थ्य चाैकीका निमित्त प्रमुख रायले सेवाग्राहीहरूलार्इ कण्डम बाहेक केही छैन हामिले केगर्ने भन्दै फर्काउने गरेका छन ।

उक्त स्वास्थ्य चाैकीमा बिगत केही महिना यता सिटामाेल बाहेक कुनै अाैषधी नअाएकाे निमित्त प्रमुख रायले बताए । स्वाथ्य चाैकीमा छैन भन्दा कण्डम मात्रै छ अहिले अाैषधीकाे नाममा सिटामाेल समेत छैन उनले भने ।जाडाे याममा प्राय जसाे रूघा खाेकी , ज्वराे लगायतका बिरामीहरू स्वास्थ्य चाैकी धाउने गरेका छन । तर उनिहरूले पाउने अाैषधी समेत उपलब्ध गराउन नसक्दा सेवाग्राहीहरू खिन्न हुनुका साथै महगाे शुल्क तिरेर निजि अाैषधी पशल धाउन बाध्य बनिरहेका स्वास्थ्य चाैकीका निमित्त प्रमुख  बेद नारायण राय बताउछन ।स्वास्थ्य चाैकीमा भएकाे प्रेसर जाच्ने साधन बिपि सेट समेत मुसाले काटेर कामै नलाग्ने बनाएकाे भेटिएकाे छ ।

बिगत ६ महिना यता स्वास्थ्य चाैकीमा कुनै अाैषधी नअाएकाे उक्त स्वास्थ्य चाैकीका निमित्त प्रमुख रायले बताए । पटक पटक अाैषधी अभाव बारे जिल्ला जनस्वास्थ्यलार्इ जानकारी गराउदा नगरपालिका संग समन्वय गरेर अाैषधी माग गर्नुपर्ने उत्तर अाएकाे उनले बताए । अाैषधी अभाव बारे बिभागलार्इ पनि जानकारी गराइसकेकाे तर कुनै उत्तर नअाएकाे उनकाे भनाइ छ । बिभिन्न राेगकाे अाैषधी लिन अाएका सेवाग्राहीहरूलार्इ अाैषधी छैन भनेर फर्काउदा दैनिक गाली गर्दै फर्किने गरेका छन ।

सरकारकाे तर्फबाट स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत बिपन्न बर्गलार्इ रू ५० हजार बराबरकाे निशुल्क स्वास्थ सेवा तथा ७२ प्रकारका अाैषधीहरू उपलब्ध गराएकाे छ र तर सुगम मानिने जिल्लाहरूमा नै सरकारले पर्याप्त अाैषधी पठाउन नसक्दा सेवाग्राहीहरू मारमा परिरहेका छन । अाैषधी अभावसंग सरकारी अस्पतालहरूमा सेवाग्राहीहरूकाे उपस्थिति पनि घटदै जानुका साथै बिश्वासनियता पनि गुम्दै गएकाे देखिएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!