धनकुटामा यस्तो देखियो महायज्ञको कलशयात्रा (फोटो फिचरसहित)
धनकुटा, २ जेठ । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालन हुँने ‘श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ’ को पूर्वसन्ध्यामा आज बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको छ ।
निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्राले बजारका बिभिन्न भागको परिक्रमा गरेको छ ।
भीमसेनथान, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे, टुडिखेल हुँदै पुनः निशान मन्दिरमा आएर कलशयात्रा समापन भएको हो ।
हातमा कलश बोकेर...































