स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग निर्माण ठप्प
ताप्लेजुङ, ६ जेठ । स्थानीयवासीको अवरोधका कारण उत्तर–दक्षिण लोकमार्ग आयोजना अन्तर्गतको सडक निर्माण केही दिनदेखि रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका केही व्यक्तिले अवरोध गरेका कारण मंगलबारदेखि सडक निर्माणको कार्य रोकिएको हो ।
यसअघि बस्ती नै जोखिममा पर्ने भन्दै निवेदन गरेका उनीहरुले अहिले फेरि लेलेपको बस्तीतर्फ घुमाएर लानुपर्ने भन्दै काममा अवरोध गरेको बताइएको छ ।
यसअघि बस्तीबाट बाटो घुमाउँ...





























