नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)
बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ ।
२०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी न...






























