जिल्ला कारागार तेह्रथुमका कैदीबन्दी बिचल्लीमा

जिल्ला कारागार तेह्रथुमका कैदीबन्दी बिचल्लीमा

तेह्रथुम, २९ साउन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिए । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उनले भने...
काँग्रेसको प्रदेश नं १ सचेतकमा सूर्यमाराज राई नियुक्त

काँग्रेसको प्रदेश नं १ सचेतकमा सूर्यमाराज राई नियुक्त

विराटनगर, २८ साउन । नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा आज नियुक्त गरेका हुन । राई मोरङ क्षेत्र नं ३ क बाट प्रत्यक्ष निर्वाचित भएका हुन । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गरे ।
धनकुटाको साँगुरीगढीमा घर जलेर नष्ट हुँदा ९ लाख क्षति

धनकुटाको साँगुरीगढीमा घर जलेर नष्ट हुँदा ९ लाख क्षति

धनकुटा, २८ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ भञ्ज्याङ्गमा आज एउटा घर जलेर नष्ट भएको छ । स्थानीय कुलबहादुर राईको घर जलेर नष्ट हुँदा ९ लाख ५ हजार वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले जानकारी दिए । आगलागीका कारण घरमा रहेका सामाग्री, लत्ताकपडा लगायत सम्पूर्ण जलेर नष्ट भएको छ । राई परिवार काठमाण्डौं बस्दै आएकाले घरमा कोहि नभएको वेला आगो ल...
धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा, २८ साउन । सनराइज बैैंकमा बचत खाता खोल्ने ग्राहकहरुले धनकुटा मोडल अस्पतालमा स्वास्थ्य उपचार गराउदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सनराइज बैंक धनकुटा शाखा र धनकुटा मोडल अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएपछि ग्राहकहरुले सहुलियतमा उपचार गराउँन पाउँने भएका हुन् । सनराइज बैंक धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र धनकुटा मोडल अस्पतालका डाक्टर रोशन झाले सोमबार सम्झौता...
निर्माण ढिलाई गर्ने डेढसय भन्दा बढी कम्पनी कारबाहीमा

निर्माण ढिलाई गर्ने डेढसय भन्दा बढी कम्पनी कारबाहीमा

विराटनगर, २८ साउन । सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए । सडक निर्माणका क्रममा ठ...
तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुम, २८ साउन । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र...
झापामा विद्युत सर्ट भएर आगलागी, २० लाखको क्षति

झापामा विद्युत सर्ट भएर आगलागी, २० लाखको क्षति

दमक, २८ साउन । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए । आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । आगलागी प्रहरी, स्थानीय बा...
विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ जना पक्राउ

विष्फोटनमा संलग्न रहेको आशङ्कामा नौ जना पक्राउ

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए । बम विष्फोटनबाट कुनै ...
धनकुटामा युवा दिवसको अवसर पारेर प्रभातफेरी (फोटो फिचरसहित)

धनकुटामा युवा दिवसको अवसर पारेर प्रभातफेरी (फोटो फिचरसहित)

धनकुटा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आईतवार धनकुटामा प्रभातफेरी गरिएको छ । जिल्ला युवा समितिको नेतृत्वमा धनकुटा बजारमा प्रभातफेरी निकालिएको हो । भीमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भीमसेनथान, परिचय मोड, हुलाकटोल हुँदै मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, जिल्...
बिराटनगर महानगरपालिकामा बिस्फोट: कार्यालय र मेयरको गाडीमा क्षति (भिडियोसहित)

बिराटनगर महानगरपालिकामा बिस्फोट: कार्यालय र मेयरको गाडीमा क्षति (भिडियोसहित)

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकामा आज दिउँसो बिस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो । बिस्फोटबाट कार्यालयको सिसा फुटेको छ । मेयर पराजुलीले प्रयोग गर्ने गरेको को.१ झ. ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ । बिस्फोटपछि कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको भागाभाग भएको थियो । बम बिस्फोट भएको अनुमान गरिएको भएपनि कसले र किन गराएको हो ...
गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

सोलुखुम्बु , २७ साउन । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ। गत बुधबार बिहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शव भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो। उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभि...
साँगुरीगढीको फेसुवा खोलामा पुल निर्माण

साँगुरीगढीको फेसुवा खोलामा पुल निर्माण

धनकुटा, २७ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने फेसुवा खोलामा निर्माण गरिएको ट्रष्ट पुलको औपचारिक उद्घाटन गरिएको छ । नव निर्मित ३२ मिटर लामो ट्रष्ट पुलको प्रदेशसभाका सांसद निरन राईले रिबन काटेर उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै सांसद राईले फेसुवा खोलामा पर्यटकलाई आकर्षण गर्न स्वीमिङ पुल बनाउँन आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्राविधिक का...
धनकुटाकी पत्रकार भण्डारीलाई सामुदायिक वन पत्रकारिता पुरस्कार

धनकुटाकी पत्रकार भण्डारीलाई सामुदायिक वन पत्रकारिता पुरस्कार

धनकुटा, २७ साउन । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सामुदायिक बन सम्बन्धि समाचार प्रकाशन गरि सामुदायिक बनको बिकासमा योगदान पुर्याएको भन्दै भण्डारीलाई पुरस्कृत गरिएको हो । राजधानीमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतले भण्डारीलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरे । बन तथा वाता...
पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

पाख्रीवासमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

धनकुटा, २६ साउन । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा तास खेलिरहेको अवस्थामा शनिवार आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय छिरिङ शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा घरधनी शेर्पासहित पाख्रीबास–३ का रमेश बहादुर बस्नेत, नगेन्द्र बस्नेत, थर बहादुर कटुवाल, पाख्रीबास–४ का राजेन्द्र खनाल, शेर बहादुर थापा, छथर जोरपाटी गाउँपालिका १ का बिरबहादुर लिम्बू र इलाम फाकफोक गाउँपालिकाका हरिप्रसाद ...
धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटामा एकल चित्रकला प्रदर्शनी

धनकुटा, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवारबाट धनकुटामा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । जिल्ला युवा समितिको संयोजनमा हाम्रो बहुमुखि पाठशाला र हुसाडेक नेपालले प्रदर्शनी आयोजना गरेका हुन् । आगामी ३१ गतेसम्म चल्ने प्रदर्शनीमा कलाकार डिल्लीकृष्ण आलेले बनाएका धनकुटाको साँस्कृतिक प्रस्तुती र मौलिक पहिचान झल्कने करिब सय भन्दा बढि चित्रहरु राखिएका छन् । कार्यक्रमको उद्घाटन स...
धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटामा चेपाङ समुदायको पुस्तक विमोचन

धनकुटा, २६ साउन । अधिवक्ता ठगिन कुमार राईको ‘चेपाङ समुदायको वर्तमान अवस्था’ नामक पुस्तक धनकुटामा बिमोचन गरिएको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका मुख्य न्यायधिस विनोद कुमार शर्माले पुस्तक विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै मुख्य न्यायधिस शर्माले पश्चिम नेपालमा मात्रै बसोबास गर्ने सिमान्तकृत जाति चेपाङको बारेमा पुस्तक निकाल्नु निकै कठिन काम भएको बताए । कार्यक्रममा पुस्तकको बारेम...
धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटामा विपत ब्यवस्थापनका बिषयमा अन्तरक्रिया

धनकुटा, २६ साउन । धनकुटा नगरपालिका ४ नं. वडा कार्यालयले विपद व्यवस्थापनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पूर्व तयारी भएमा विपदबाट बच्न सकिने बताए । फरक प्रसंगमा उनले नगर प्रमुखमा निर्वाचित हुँदा धेरै गर्न सकिएला भन्ने लागेको भएपनि सिमित बजेटका कारण सोचेजति काम गर्न नसकिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय युवा दि...
भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुरमा न्यायिक समितिको भूमिका प्रभावकारी: टुटेको सम्वन्ध जोडिदै

भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका मिलन राई र खोटाङकी निशन राईको सात वर्ष अघि धुमधामका साथ गाउँमै विवाह भयो । विवाह गरेको महिना दिन नपुग्दै निशनकी श्रीमान भारतीय सेनामा भर्ती भए । श्रीमान भारतीय सेनाको जागिरे भएपछि केहि गर्ला की भन्ने सोच श्रीमतिलाई थियो । तर, केहि वर्ष नपुग्दै दुई दम्पतीबीच पैसा र जग्गाको विषयमा मनमुटाव सुरु भएपछि उनीहरूको सम्बन्धमा छुट्ने अवस्थामा पुग्यो...
धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटामा पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने

धनकुटा, २५ साउन । धनकुटामा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिने भएको छ । धनकुटा पर्यटन विकास समितिको शुक्रवार बसेको बैठकले पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । धनकुटाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा अरु पर्यटकीय क्षेत्रहरुको खोजी गरी पर्यटन क्षेत्रहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्ने निर्णय भएको पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । ...
धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटामा युवा दिवसको अवसर पारेर रक्तदान

धनकुटा, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ । उद्योग वाणिज्य संघकी जिल्ला उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्...
प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

काठमाडौँ, २५ साउन । प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे। प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत भन्ने बहस उत्पन्न भएको छ। आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्व...
बुबाले छोरीलाई, नातिले हजुरआमालाई बलात्कार !

बुबाले छोरीलाई, नातिले हजुरआमालाई बलात्कार !

काठमाडौँ, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्र...
झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

भद्रपुर, २४ साउन ।  खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्र...
गाईघाट–फोक्सिङटार सडक डेढ महिनादेखि अवरुद्ध

गाईघाट–फोक्सिङटार सडक डेढ महिनादेखि अवरुद्ध

उदयपुर, २४ साउन । सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र ल...
तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुम, २४ साउन । तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको जनाएको छ । समयमा पानी नपर्दा आकाशे प...
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

उर्लाबारी, मोरङ, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय ...
बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बेलवारीमा सडक कालोपत्रे गर्न डा. सुनिल शर्माको सहयोग

बिराटनगर, २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितीमा डा.शर्माले बुधबार सडक निर्माण समितिका अध्यक्ष श्यामकुम...
नमस्ते झरनाको ब्यवस्थापन सकियो, अवलोकन खुल्ला गर्ने तयारी

नमस्ते झरनाको ब्यवस्थापन सकियो, अवलोकन खुल्ला गर्ने तयारी

धनकुटा, २३ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा खोलामा रहेको नमस्ते झरना ब्यवस्थापनको काम सकिएको छ । गत असार १ गते झरनाबाट ढुंगा खसेर एक जनाको मृत्यु भएपछि झरना ब्यवस्थापनका लागि भन्दै झरना अवलोकन गर्न जाँन रोक लगाईएको थियो । आवागमन बन्द गरेर झरनाको दायाबायाँ माछिकाँडे जाली लगाइएको हो । झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाईएको व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नी लिम्बू...
धनकुटामा पाँच दिने तालिम सुरु

धनकुटामा पाँच दिने तालिम सुरु

धनकुटा, २३ साउन । धनकुटामा बुधबारदेखि सहकारी सुशासन तथा वित्तिय सञ्चालन सम्बन्धि पाँच दिने तालिम सुरु भएको छ । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा सुरु भएको तालिममा सहकारी सुशासन, लेखा व्यवस्थापन, वित्तिय व्यवस्थापन, सञ्चालकको जिम्मेवारी, कोष व्यवस्थापन, वर्तमान सहकारी ऐन र सहकारीको व्यवस्थापनका बिषयमा जानकारी गराईनेछ । जिल्ला सहकारी संघको समन्वय तथा उन्नती एक्सेस अफ फाइनान्स कार्यक...
प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

प्रदेश नं १ मा बिहीबार सार्वजनिक बिदा

विराटनगर, २३ साउन । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज यहाँ सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपा...
गोक्यो हिमतालमा बेपत्ता भएका एक विद्यार्थीको शव निकालियो, दुईको खोजी कार्य जारी

गोक्यो हिमतालमा बेपत्ता भएका एक विद्यार्थीको शव निकालियो, दुईको खोजी कार्य जारी

सोलुखुम्बु, २३ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जमा तैनाथ शमसेर गुल्म र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गोक्यो हिमतालमा  बेपत्ता भएका पेम्वा नर्बु शेर्पाको शव निकालेको छ । पेम्वा नर्बु शेर्पा र उनका दुईजना साथीहरु गत १८ गते देखि गाक्यो तालमा पौडी खेल्ने क्रममा हराइरहेका थिए । सोलखुम्व जिल्ला प्रशासनले सम्पुर्ण सूरक्षा निकायलाई खवर गरी उद्धारको लागि पहल गरेको थियो । तत्काल सगरमाथा राष्ट्रिय नि...
error: Content is protected !!