गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

गाउँ–गाउँमा नोबेलको निःशुल्क शिविर: भाउन्नेमा तीन सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

विराटनगर, ४ भदौ । बिपन्न बिरामीलाई लक्षित गरी गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको भाउन्नेमा शिविर सञ्चालन गरी ३ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । बेलवारी–१० भाउन्ने स्थित महेन्द्र माध्यमिक बिद्यालयमा गरिएको स्वास्थ्य शिविरबाट ३ सय ७ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा ६३...
बालविवाह नियन्त्रणमा उदयपुरका बालबालिका सक्रिय

बालविवाह नियन्त्रणमा उदयपुरका बालबालिका सक्रिय

गाईघाट, उदयपुर ४ भदौ । जिल्लाका विभिन्न भागमा बालविवाह बढेपछि अहिले ती स्थानका बालबालिका आफै बालविवाह नियन्त्रणमा सक्रिय हुन थालेका छन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ८ र ९ राजावास तथा चुहाडे क्षेत्रका दनुवार बस्तीमा बालविवाह बढेकाले अहिले त्यहाँका बालबालिका आफै त्यस्तो विवाह नियन्त्रण गर्न सक्रिय भएका हुन्। राजाबासका २० वर्षीय दिपा दनुवार भन्नुहुन्छ, “तीन वर्षभित्र हामीजस्ता व...
करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

गाईघाट, उदयपुर, ४ भदौ । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मग...
काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको...
धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरान, २ भदौ। शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्म नक्कली बनाउँदै आएका चार जना पक्राउ परेका छन्। जसमा २ जना स्थानीय नेता समेत छन्। तत्कालिन एमालेका क्षेत्रीय सदस्य राम सेवा तथा नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार लिम्बुसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। लिम्बु धरानस्थित म्याक इन्फ्युजन कम्प्यूटरका सञ्चालक हुन्। प्रहरीले त्यहाँ छापा हानी ठूलो मात्रामा नक्कली प्रमाणपत्र, होलोग्राम त...
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहर...
१३ हजार घुससहित वडा सचिव पक्राउ

१३ हजार घुससहित वडा सचिव पक्राउ

इटहरी, २ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पो...
धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटा, १ भदौ । रेडियो भेडेटार ९१ मेगाहर्जको आजबाट परिक्षण प्रशारण सुरु भएको छ । धनकुटा–७ मगरटोलमा कार्यालय राखिएको रेडियोको परिक्षण प्रशारण सुरुवातका अवसरमा रेडियो सञ्चालन समितिका अध्यक्ष एवं कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले प्रत्यक्ष प्रशारण मार्फत शुभकामना दिएका छन्...
नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

धनकुटा, १ भदौ । शुक्रवारबाट लागु भएको नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकीलको कार्यालय र सरकारी वकीलको कार्यालयको आयोजनामा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला अदालत धनकुटाका न्यायधिस बिनोद कुमार पोख्रेलले नयाँ ऐनमा भएको ब्यवस्था, कार्यान्वयनका पक्ष, चुनौति लगायत बिषयमा धारणा राख्दै नयाँ ऐन पहिलेको भन्दा खासै फरक नभएको बताए । कार्यक्रममा...
तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

धनकुटा, १ भदौ । तामाङ पत्रकार संघ १ नम्वर प्रदेशको अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । धनकुटाको हिलेमा शुक्रवार सम्पन्न प्रथम भेलाले धनकुटाका पत्रकार लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो । समितिको सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) चयन भएका छन् । समितिको सदस्यमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (संखुवासभा...
प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

मोरङ, १ भदौ ।  ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।...
झापामा आगलागीबाट दुई करोडको क्षति

झापामा आगलागीबाट दुई करोडको क्षति

दमक, १ भदौ । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै ...
निर्दयी आमा ! जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

निर्दयी आमा ! जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

ताप्लेजुङ, ३१ साउन । पछिल्लो समय हाम्रो समाजमा विभिन्न अपराधिक घटनाहरुले तीब्रता लिएको छ ।  केही साता अघि मात्रै आफ्नै बुबा, हजुरआमा र सौतेनी आमा मिलेर छोरीलाई मट्टितेल खन्याएर जलाएको समाचार आएको थियो । साथै एक युवतीलाई बलात्कार गरि हत्या गरिएको समाचार पनि आएको थियो । त्यसका साथै केही दिन अघि मात्रै पनि ११ वर्षीय निशान खड्काको अपहरण पछि हत्या र ती हत्यारालाई प्रहरीले गरेको इन्काउन्टरको समाचार र...
आगलागीमा परी २१ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

आगलागीमा परी २१ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते

पाँचथर, ३१ साउन । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर...
कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख कर्जा प्रवाह

कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख कर्जा प्रवाह

उर्लाबारी, मोरङ, ३१ साउन । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४/७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिए । रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत ...
सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

उदयपुर, ३१ साउन ।  जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

इनरुवा, ३० साउन । धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले को२४प २९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट १७ एम्पुल लागुऔषध टिडिजेसिक ब...
सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित

काठमाडौँ, ३० साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कून को आज यहाँ बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ । सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसी...
७२ औँ स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

७२ औँ स्वतन्त्रता दिवसको अवसरमा रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

झापा, ३० साउन । ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उनहाँले भने, “य...
उदयपुरमा गिट्टी, बालुवा तस्करीमा बृद्धि

उदयपुरमा गिट्टी, बालुवा तस्करीमा बृद्धि

गाईघाट, उदयपुर, ३० साउन । स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ । ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा र...
‘फोहरलाई मोहर’ बनाउन झापाका पाँच नगरपालिका एकजुट

‘फोहरलाई मोहर’ बनाउन झापाका पाँच नगरपालिका एकजुट

झापा, ३० साउन । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानका...
समयमै पुल नबन्दा खोटाङवासी आक्रोशित

समयमै पुल नबन्दा खोटाङवासी आक्रोशित

खोटाङ, ३० साउन । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुजँ्रदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष ०७४/७५ असार...
नक्कली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नोटसहित दुई भारतीय पक्राउ

बनियानी, झापा, ३० साउन । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो । प्रहरीले सतिसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार...
पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

मोरङ, ३० साउन । विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरुमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् । ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन । विषादी कसले मिसायो भन्ने खुलेको ...
बेलबारीमा नोबेलको निःशुल्क शिविरबाट छ सय बिरामी लाभान्वित (फोटो फिचरसहित)

बेलबारीमा नोबेलको निःशुल्क शिविरबाट छ सय बिरामी लाभान्वित (फोटो फिचरसहित)

विराटनगर, २९ साउन । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको वेलवारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । बेलवारी–४ धरहरा स्थित पञ्चायत निम्न माध्यमिक बिद्यालयमा गरिएको शिविरबाट ५ सय ८७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १ सय १९ जनाको भीडीयो एक्सरे, ४७ जनाको ईसीजी र १ सय ३३ जनाको ल्यावटेष्ट गरिएको ...
धनकुटामा ११ किलो गाँजासहित एक जना पक्राउ

धनकुटामा ११ किलो गाँजासहित एक जना पक्राउ

धनकटा, २९ साउन । धनकुटा नगरपालिका–४ देव्रेवासबाट प्रहरीले ११ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको सहिदभूमि गाउँपालिका–३ का २३ वर्षीय अभिषेक राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा प्रहरीले राईलाई सोमबार बेलुका पक्राउ गरेको हो । प्रहरीले चेकजाच गर्दा दुईवटा जेव्रा झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा राईको साथबाट गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता...
८४ करोडको खानेपानी आयोजना सम्झौता

८४ करोडको खानेपानी आयोजना सम्झौता

इलाम, २९ साउन । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आ...
विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्की...
बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा, २९ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । शिक्षण संस्था, कलकारखाना, बजार पसल आंसिक मात्र खुलेका छन् । प्रहरीले पक्राउ गरेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता कार्यकर्तालाई विनाशर्त रि...
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी न...
संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ । स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्द...
error: Content is protected !!