पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । तिम्बुङपोखरी संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरेर भदौ २६ गते प्रतियोगिता गर्न लागेको जनाएको हो । तिम्बुङ पोखरी क्षेत्रको प्रचार गर्नका लागि प्रतियोगिता गर्न लागिएको हो ।  ४ हजार २ सयदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा ८ किलोमिटर दौडको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आ...
रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

रेडपान्डा संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन

ताप्लेजुङ । ताप्लेजुङमा रेडपान्डा दिवसको अवसरमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । रेडपान्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हिमाली संरक्षण मञ्चले जनाएको हो ।  असोज ५ गते हुने प्रतियोगितामा सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्ने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग रेडपान्डाका मुख्य बासस्थान पाथीभरा क्षेत्रमा ...
ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङको फक्ताङलुङमा बाढीले झोलुङ्गे पुलमा क्षति, आउजाउ प्रभावित

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा बाढीले पुल क्षतिग्रस्त बनाएको छ । पर्यटकीय सिजन सुरु हुन लाग्दा झोलुङ्गे पुल भत्किएपछि समस्या भएको छ । स्थानीय बासिन्दालाई पनि आवागमनमा कठिनाइ भएको छ । दुई दिनअघि अविरल वर्षापछि आएको बाढीले उक्त पुलमा क्षति पुर्याएको थियो । त्यस क्षेत्रमा पर्ने बाटो र उक्त पुल भएर कञ्चनजङ्घा आधार शिविरतिर आउजाउ हुने गरेको थियो । पुलमा क्षति पुगेपछि अब समस्या ह...
ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सान्थाक्रामा आज बोलेरो गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दोभानबाट नाल्वु जाँदै गरेको ग३च ९८४७ नम्बरको गाडी दुर्घटना भएको हो । मेरिङदेन–२ सान्थाक्रामा उकालोमा नचढेपछि चालक पेम्वा शेर्पा गाडी स्टार्टमै छोडेर ओट लगाउन गाडीबाट झरेका बेला सडकबाट २० मिटर तल गाडी खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार फुङलिङ नगरपालिका–...
जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन । यसअघि सोमबार, बुधबार र...
ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भदौ १० गतेसम्म सञ्चालन हुने जनाएको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाको एकसहित प्रतिष्ठित आठवटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा सङ्घर्ष सपोर्टिङ...
कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

विराटनगर । आज राति र भोलि भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले कोशी प्रदेशका चारसहित विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ । जल तथ...
ताप्लेजुङमा फेरि भूकम्प

ताप्लेजुङमा फेरि भूकम्प

ताप्लेजुङ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर आज अपराह्न भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अपराह्‍न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको...
ताप्लेजुङको खेजेनिम केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको खेजेनिम केन्द्रबिन्दु भएर भूकम्प

विराटनगर । कोशी प्रदेशको पूर्वोत्तर जिल्ला ताप्लेजुङमा गएराति भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर राति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो । भूकम्पले कतै केही क्षति भएको जानकारी आइसकेको छैन । गत असार २६ गते बेलु...
ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ । अख्तियारले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना ए...
सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...
पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले क्षति पुर्याएको छ । पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी लगायतमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन । पहिरो झरेपछि तमोर करिडोरको सडक अवरुद्ध बनेको छ । यसैगरी, विभिन्न स्थानमा रहेका बिजुलीका खम्बामा क्षति भएपछि विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन ल...
ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यसतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीले...
पाथीभरामा दुई लाखभन्दा बढी श्रद्धालु

पाथीभरामा दुई लाखभन्दा बढी श्रद्धालु

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्रीले दर्शन र पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाङबाङका अनुसार असारमा मात्रै झण्डै तीन हजारजना श्रद्धालु पाथीभरा पुगेका थिए । तस्वीर सौजन्यः मनमणि काफ्ले
स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका–७ मा आज अपराह्न भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । तेल्लोकबाट फुङलिङ आइरहेको मे १ ज ३३१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार गाडीको स्टेयरिङको ‘टाइरेट गोली’ भाँचिएर अनियन्त्रित भइ गाडी सडकबाट तल झाडीमा खसेको थियो । दुर्घटनामा सिरिजंघा गाउँपालिका–५ की १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया ...
पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो । कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच व...
ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङ । ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो । मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे१त ७१७१ नम्बरको ट्रयाक्टर गत शनिबार चोरी भएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो । त्यस क्रममा मगर भागेर फरार...
ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ मा गएराति एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् । खेतको काम गरेर बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासि भत्किएको थियो । प्रहरीका अनुसार घाइते हुनेमा ४३ वर्षीय खड्गबहादुर बानियाँ, उनकी ३८ वर्षीया श्रीमती जानुका बानियाँ छन् । यसैगरी, ३० वर्षीया सुबिना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र १० वर्षीय रोहित...
ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङको तापेथोकमा भूकम्प

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ताप्लेजुङ र आसपासको जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो । अविरल वर्षाका कारण बाढी पहिरोले प्रभाव पारिरहेका बेला भूकम्प गएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । हालसम्म भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन । यसअघि असार १४ ...
पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ नगरपालिकामा पहिरोले एउटा घर र गाडीमा क्षति गरेको छ । फुङ्लिङ नगरपालिका–६ बिहिवारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा पहिरोले क्षति पुर्याएको हो । पहिरोले शेर्पाको घरको भुइँतलामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । घरको पर्खाललगायत संरचनामा क्षति पुगेको हो ।...
ताप्लेजुङमा बाढीले पुल बगायो

ताप्लेजुङमा बाढीले पुल बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । बाढीले गएराति उक्त पुल बगाएपछि आउजाउमा कठिनाइ भएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा जान र त्यताबाट सदरमुकामतर्फ आउन स्थानीय बासिन्दालाई समस्या भएको छ । ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति प...
ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङ नगरपालिकाका सबइञ्जिनियर मो. अख्तर हुसैन एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले उनलाई हिजो अपराह्न नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । इन्जिनियर हुसैनले फुङलिङ...
पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

पहिरोमा घाइते भएका वृद्धलाई हेलिकप्टरबाट विराटनगर लगियो

ताप्लेजुङ । पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका–६ का ६३ वर्षीय पदमबहादुर लिम्वूलाई उपचारका लागि विराटनगर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनलाई विराटनगर लगिएको हो । प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार उनलाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरिएको छ । लिम्वूलाई हिजो बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । गाउँलेले उनको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपच...
ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङ । माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । हिजो सार्वजनिक भएको नतिजाअनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो । जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार ६ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएकोमा २३७ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाक...
पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

विराटनगर । उदयपुर र ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बु छन् । उदयपुरको त्रियुगा–१२ स्थित साथीको घरमा गएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उद...
खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

पाँचथर । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने इन्द्रावती खोलाको भँगालोमा खसेर बेपत्ता भएका एकजना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् । शनिबार शौच गर्ने क्रममा खुट्टा चिप्लिएर भँगालोमा खसेका ४० वर्षीय बैकुण्ठ बिहारी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानभन्दा केही तल सिदिङ्वा गाउँपालिका–३ स्थित नदी किनारमा आइतबार साँझ बिहारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी ताप्...
बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

ताप्लेजुङ । यो वर्षको मनसुन सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परी पाँचजनाले ज्यान गुमाएका छन् । बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विस्थापित हुने अधिकांश सिरिजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार आठवटा घरमा पूर्णरुपले क्षति भएको छ । यस्तै, जिल्लाका विभिन्न स्थानका ५५ वटा घर ...
प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

प्रदेश पुनः नामांकनका लागि फेरि आन्दोलन गर्ने पहिचानवादी संगठनको घोषणा

विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले आगामी मंसिरदेखि फेरि आन्दोलन गर्ने जनाएको छ । विभिन्न संगठनहरुका प्रतिनिधिको सहभागितामा ताप्लेजुङको फुङलिङमा भएको दुई दिने बैठकले यस्तो निर्णय गरेको हो । उक्त आन्दोलन निर्णायक हुने दाबी समेत ती संगठनले गरेका छन् । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दल...
ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङमा खोलाले गाडी बगायो

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवास्थित हिरिया खोलाले आइतबार अपराह्न बोलेरो गाडी बगाएको छ । मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको हो । सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको गाडी खोला पार गर्ने क्रममा आएको लेदोसहितको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए । गाडीका चालक राजकुमार पौडेल सकुशल छन् । यसैबीच, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मो...
बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

बाढी र पहिरोले ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

ताप्लेजुङ । बाढी र पहिरोका कारण ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । शुक्रबारदेखि निरन्तर परिरहेको पानीका कारण केही स्थानमा खसेको पहिरो र स्थानीय खोलामा आएको बाढीका कारण घर जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन् । कतिपयको घरमा पहिरोले पूर्ण रुपमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार उक्त गाउँका २४ वटा घर जोखिममा परेका छन् । जोखिममा परेपछि गाउँले सुरक्षित ...
बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे र वडा ८ को याम्फुदिनका दर्जनौं परिवार बाढीपहिरोका कारण प्रभावित बनेका छन् । वडा ८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङका अनुसार पहिरोका कारण थुप्रै घर जोखिममा परेका छन् । कतिपय बस्तीमा मास्तिरबाट झरेको पहिरोले क्षति पुर्याएको छ भने केही स्थानमा घरभन्दा तलतिर पहिरो जाँदा जोखिम बढेको उनले बताए । मामांखेका केही घरहरु पहिरोले पुरेको छ । स्थानीय गौर...
error: Content is protected !!