एनसेलले घटायो ३० देशको कल शुल्क, अब प्रति मिनेट शुल्क रु १.९९ मात्र

एनसेलले घटायो ३० देशको कल शुल्क, अब प्रति मिनेट शुल्क रु १.९९ मात्र

काठमाडौ । एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न पाउने भएका छन् । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यही सोमबारदेखि लागु हुने गरी नयाँ योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रति मिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म लागु हुनेछ जसमा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिन स...
उच्च शिक्षा कोषका लागि साँस्कृतिक कार्यक्रम गरिने

उच्च शिक्षा कोषका लागि साँस्कृतिक कार्यक्रम गरिने

संखुवासभा । किरात याक्खा साँस्कृतिक कलाकार संघ सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । संघले चैते दशैं तथा नया बर्षको अवसर पारेर चैत २५ गते धरानमा कार्यक्रम आयोजना गर्न लागेको हो । उत्कृष्ट नतिजासहित माध्यमिक तह उत्तीर्ण गर्ने एक जना बिपन्न याक्खा विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्ने संघको लक्ष्य छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको ...
कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री, एउटै जिल्लामा ७३ करोड बजेट बाढियो

काठमाडौं । आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन्। प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौं खुद्रे  तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो। प्रधानमन्त्रीको ठाडो निर्देशनमा चितवनमा खु...
सहकारी संस्थाले उठायो घरबास

सहकारी संस्थाले उठायो घरबास

काठमाडौं । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् । ‘हामीले ऋण चु...
आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो, अब कति पुग्यो ?

आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो, अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समा...
सवै स्थानीय तहलाई १ करोड दिने निर्णय

सवै स्थानीय तहलाई १ करोड दिने निर्णय

काठमाडौं । सरकारले ७४४ स्थानीय तहलाई १-१ करोडका दरले बजेट दिने भएको छ । ७४४ स्थानीय तह बनाउने निर्णय भइसकेको छ र केही दिनमा नै राजपत्रमा प्रकाशित गरेपछि उसले हालको स्थानीय निकायलाई विस्थापित गर्नेछ । मन्त्रिपरिषदको बुधबारको बैठकले स्थानीय तहको काम कार्वाहीलाई अघि बढाउने कम्तिमा १/१ करोड बजेटको व्यवस्था गर्ने निर्णष् गरेको छट । स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजन गरिएको स्थानीय वि...
किन बढ्दैछ नेपालमा चिनियाँ लगानी ?

किन बढ्दैछ नेपालमा चिनियाँ लगानी ?

काठमाडौं,२४ फागुन । संविधान जारी भएपछि चीनबाट नेपालमा आउने लगानीमा बढोत्तरी भएको देखिन्छ । हालै मात्रै सम्पन्न लगानी सम्मेलनमा त सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनबाटै आयो । यसरी लगानी तथा लगानी प्रतिबद्धता आउनुमा देशमा देखिएको राजनीतिक स्थायित्व प्रमुख कारण भएको विज्ञहरुको भनाइ छ । चिनियाँ लगानीकर्ताहरुसँग अहिले ठूलो मात्रामा पुँजी छ । उनीहरु उक्त पुँजी लगानी गरेर नाफा कमाउन चाहन्छन् । तर, उच...
भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव

भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर बिभिन्न पर्यटकीय स्थल लगायत प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण छ । त्यसमा पनि मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई समेत मोहित पार्ने गर्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम देन नै हो भन्दा फरक नपर्ला । सदरमुकामदेखि ८ कोषको दुरीमा समुन्द्र सतहदेखि ३ हार ३ सय ३३ मिटरको उचाईमा रहेको सो डाँडा भोजपुर...
विकास आयोजनामा दलीय भागबण्डा रोक्नु पर्ने  एडीबीको भनाई

विकास आयोजनामा दलीय भागबण्डा रोक्नु पर्ने एडीबीको भनाई

काठमाडौं । एसियाली बिकास बैंक (एडीबी) ले दलिय भागबण्डाकै कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको निष्कर्ष निकालेको छ । आयोजनाका प्रमुखहरु दलीय पहुँच (भागवण्डा) का आधारमा चयन हुने गरेको भन्दै  यसलाई रोक्न र कार्यक्षमताको आधारमा जिम्मेवारी दिन आग्रह गरेको छ । एसियाली विकास बैंकका देशिय निर्देशक किनिची योकोयामाले आयोजना प्रमुखहरु दलीय भागबण्डा भन्दा पनि कार्यक्षमताका आधारमा चयन हुन...
अटो लोनमा राष्ट्र बैंकले तोक्यो सीमा, ५० प्रतिशतमात्रै ऋण दिन पाइने

अटो लोनमा राष्ट्र बैंकले तोक्यो सीमा, ५० प्रतिशतमात्रै ऋण दिन पाइने

काठमाडौं,१० फागुन । राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दै पहिलोपटक मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोकेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यदि ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले २५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् । बैंकहरुले सव...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा

सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् । खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ ।  किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बे...
निशान सहकारीद्धारा १९ लाखको कारोवार

निशान सहकारीद्धारा १९ लाखको कारोवार

धनकुटा । निशान उद्यमी महिला बचत तथा ऋण सहकारी सस्था धनकुटाले आर्थिक बर्ष ०७२÷०७३ मा १९ लाख बरावरको आर्थिक कारोवार गरेको छ । सहकारी सस्थाको शनिवार आयोजित तेस्रो साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मिना राईले १८ लाख ८१ हजार वरावरको आर्थिक कारोवार भएको जानकारी दिएकी हुन । सहकारीले उक्त अवधिमा ३६ जनालाई १४ लाख २८ हजार ऋण लगानी गरेको छ । साधारणसभामा सहकारीका लेखा समिति संयोजक भगवति ...
चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो

चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो

चितवन, २५ माघ । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७० काय...
आयल निगमको मासिक घाटा ४८ करोड, तेल ल्याउँन ऋण खोज्नुपर्ने अवस्था

आयल निगमको मासिक घाटा ४८ करोड, तेल ल्याउँन ऋण खोज्नुपर्ने अवस्था

काठमाडौं, २३ माघ । नेपाल आयल निगमको महिनाको घाटा ४८ करोड रुपैयाँ नाघेको छ । आयल निगमले दिएको जानकारी अनुसार यो घाटा कायम रहिरहे र अझै बढे अबको ४ देखि ५ महिनापछि निगमले तेल आयातका लागि फेरि ऋणको खोज्नुपर्नेछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटले निगम ३ वर्ष लगातार नाफामा थियो । निगमले यही अवधिमा अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा तेल महंगोमा बेच्दै ३७ अर्ब पुरानो ऋण पनि तिर्‍य...
‘पैसा कमाउन कडा परिश्रम होइन, बुद्धि लगाउनुपर्छ’

‘पैसा कमाउन कडा परिश्रम होइन, बुद्धि लगाउनुपर्छ’

कैलाली (टिकापुर) । मान्छेले पैसा कमाउन अनेक अनेक बुद्धि प्रयोग गरिरहेका हुन्छन् । कसैले कडा परिश्रम गरि कठिनसँग पैसा कमाई रहेका हुन्छन् त कसैले सजिलो तरिकाले आफ्नो इलम प्रयोग गरि पैसा कमाइरहेका हुन्छन् । ‘यदि धेरै मेहनत गरेर मात्र पैसा कमाउन सकिनेभए अहिलेसम्म सबभन्दा बढी धनी मानिस मुसहर जाति हुन्थे, किनभने उनीहरु दिनभरि माटो काट्छन्, कालु हमाल भन्छन्, पैसा कमाउन कडा परिश्रम होइन, बुद्धि लगाउनुपर्...
सुन्तला खेतिबाट ईलामका किसानको मनग्य आम्दानी

सुन्तला खेतिबाट ईलामका किसानको मनग्य आम्दानी

इलाम, २१ माघ । ईलामका किसानले यो बर्ष सुन्तला बिक्रिबाट करिव १२ करोड बराबरको आम्दानी गरेका छन ।  किसानले एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् । तराईका व्यापारी कृषकको बगानसम्म ...
कोरियामा मासिक २ लाखको जागिर छाडेर दुग्ध व्यवसाय सञ्चालन

कोरियामा मासिक २ लाखको जागिर छाडेर दुग्ध व्यवसाय सञ्चालन

गुल्मी । गुल्मी का एक युवाले कोरियामा मासिक २ लाख तलव पाउने जागिर त्यागेर गाउँमा आई दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन् । गुल्मीको दिगाम–५ पुर्खेयौली घर भएका ३५ वर्षिय रविजलाल पन्थले रिडी वजारमा रिडी वजारमा करिव १० लाख लागतमा गौरव दुग्ध डेरी सञ्चालनमा ल्याएका हुन् ।अढाई वर्ष अघि कोरियाबाट घर आएका पन्थले ६ महिना पछि उक्त डेरी खोलेका थिए । १५ ÷ २० लिटर दुध संकलनबाट डेरी सञ्चान गरेका पन्थको डेरीमा ...
हिलेमा पूर्वी पहाडी जिल्लाकै ठुलो होटल खुल्यो

हिलेमा पूर्वी पहाडी जिल्लाकै ठुलो होटल खुल्यो

धनकुटा । धनकुटाको हिलेमा १९ करोडको लगानीमा होराईजन माउण्टेन रिसोर्ट निर्माण गरिएको छ । धनकुटाको मुगामा जन्मिएर बिराटनगरमा करिव दुई दसक देखि रत्ना होटल सञ्चालन गर्दै आएका रेवत बहादुर थापाले रिसोर्ट सञ्चालन गरेका हुन । अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सेवा उपलब्ध गराउँने उद्धेश्यले करिव १९ करोडको लगानीमा रिसोर्ट सञ्चालन गरिएको सञ्चालक एवं प्रबन्ध निर्देशक थापाले जानकारी दिए । उनका अनु...
यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल घूससहित पक्राउ

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल घूससहित पक्राउ

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घूससहित मंगलबार पक्राउ गरेको छ । लेखापाल भूपेन्द्र कटुवाल घूससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घूस बरामद भएको छ । इटहरीस्थित कार्यालय छेउको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो । सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग...
error: Content is protected !!