हेल्थ एण्ड हाइजिनमा जीवन विकास अस्पतालको स्वास्थ्य शिविर
विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले आज कटहरी–३ स्थित हेल्थ एण्ड हाइजिन प्रोडक्ट प्रा.लि.को उद्योग परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उद्योगका कर्मचारी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
शिविरमा १५० जना कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको जीवन विकास सामुदायिक अस्पतालले जनाएको छ ।
शिविरमा जनरल फ...































