विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगरमा सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण 

विराटनगर । विराटनगरका सफारी चालकलाई रिफ्लेक्सन ज्याकेट वितरण गरिएको छ । विराटनगर जेसीजले ‘जेसीज सप्ताह-२०२५’ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि सफारी चालकहरूलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो । बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रियता आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताए । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदै...
जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

जेनजी आन्दोलनमा लुटिएको हतियार झाडीमा भेटियो

विराटनगर । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार भेटिएको छ । बिर्तामोड नगरपालिका-६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ एक थान हतियार फेला परेको हो । ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्यागजिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हतियार गत भदौ २४ मा जेन...
योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील’ पार्टी दर्ताका लागि दिए निवेदन

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । आज उनको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्...
एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई आज फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ...
धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

धनकुटा र भोजपुरमा १० हजार बढी गाँजाका बोट फडानी 

विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैधरूपमा रोपिएको तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग गाँजाका बोट नष्ट गरिएको हो । धनकुटाको सहिदभूमि गाउँपालिका-२ का विभिन्न स्थानबाट प्रहरीले ९ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी जलाएर नष्ट गरेको छ । यसैगरी भोजपुरको हतुवागढी गाउँपालिकाको बिभिन्...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार नौ सय...
छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

छथर जोरपाटीका अध्यक्षको गाडीले निष्कासित कर्मचारीलाई दियो ठक्कर, एमालेद्वारा घोर भर्त्सना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा सवार गाडीले ठक्कर दिँदा दुई निस्कासन गरिएका कर्मचारी घाइते भएका छन् । नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति घोर आपत्ति जनाएको छ । कात्तिक १७ गते सोमबार निस्कासनमा परेका कर्मचारीहरूले भेटवार्ताका लागि अध्यक्षसँग समय मागी कार्यालय परिसरमा जम्मा भएका थिए । तर अध्यक्ष सुब्बाले उनीहरूलाई भेट्ने समय...
जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

जनार्दन शर्माले माओवादी छाडेर घोषणा गरे प्रगतिशील अभियान नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् । माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेपछि विभाजित भएको हो । पार्टीका पूर्वउपमहासचिव शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै शर्माले प्रगतिशील अभियान, ...
वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति

धनकुटा । चक्रवात ‘मोन्था’ को प्रभावका कारण केही दिनअघि परेको अविरल वर्षाका कारण धनकुटामा ४१ करोड बढीको अन्नबालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख बराबरको क्षति पुगेको हो । कात्तिक १२ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजा...
झापामा एमालेको मोटरसाइकल र्‍याली

झापामा एमालेको मोटरसाइकल र्‍याली

झापा । झापामा नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ । एमाले अर्जुनधारा नगर कमिटीले आज वृहत मोटरसाइकल र्‍याली निकालेको हो । बिर्तामोडको महानन्द चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली नारायणथान, खुदुनाबारी हुँदै बजारका विभिन्न स्थानको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरूले आगामी राजनीतिक तथा सामाजिक अभियानमा युवाको नेतृत्व र सहभागिता आवश्यकता रहेकोमा जोड दिएका थिए । ने...
पक्राउ परे निकोलस भुसाल 

पक्राउ परे निकोलस भुसाल 

काठमाडौं । निकोलस भुसाल गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज पक्राउ गरेको हो । उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको हो । सार्वजनिक रूपमा अन्टसन्ट बोल्दै आएका भुसालले तीन दिनअघि माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर उनी ...
असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

असोजको बाढीपहिरोले इलाममा १२ अर्बको क्षति 

इलाम । गत असोज १८ र १९ मा आएको भारी वर्षापछिको बाढीपहिरोले इलाममा करिब १२ अर्बको क्षति भएको छ । विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति भएको हो । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक वि...
काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बढीको कृषिउपज निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका अनुसार सो मूल्य बराबरको अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायतका वस्तु निर्यात भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९...
मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता 

विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो । गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ  । जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ...
कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३...
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार १५ रु...
मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला

मोरङको बेलबारीस्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ स्थित लोहन्द्रा खोलामा वृद्ध मृत फेला परेका छन् । आज दिउँसो करिब १२ बजे सोही वडाका ६० वर्षीय बलबहादुर खड्का मृत फेला परेका हुन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले मृत व्यक्ति सोही वडाका खड्का रहेको पुष्टि गरेको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प...
वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

वन कार्यालय भोजपुरका अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

विराटनगर । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर ...
विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगरको सिङ्घिया खोलामा बेपत्ता युवकको शव फेला

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा बेपत्ता युवकको शव दुईदिनपछि फेला परेको छ । विराटनगर-१० सोमबारेका २५ वर्षीय श्रवण मण्डल मृत अवस्थामा फेला परेका हुन् । असोज १५ गते दिउँसो करिब १ बजे मण्डल सिङ्घिया खोलामा बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय हाटखोलाबाट टोली खटिएको थियो । खोजी गर्ने क्रममा आज बिष्णुटो...
सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

सुनसरीको इनरुवा-६ का वडाध्यक्ष थापा पक्राउ

विराटनगर । सुनसरीको इनरुवा-६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार लामो समयदेखि लुकेर बस्दै आएका उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । उनी वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर फरार थिए । फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा थापाले चलाएको ...
११ वर्षदेखि अमेरिका बस्दै आएका झापाका ठकुरीको शव फेला

११ वर्षदेखि अमेरिका बस्दै आएका झापाका ठकुरीको शव फेला

विराटनगर । फेब्रुअरी महिनादेखि बेपत्ता झापाको दमक-८ का धनबहादुर ठकुरी (प्रशान्त) को शव फेला परेको छ । उनी ११ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनको निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ । धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो । नेपाली महावाणिज्य दूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ । परिवारको ...
पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथरमा चिर्पटले हानेर छोराले गरे बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-१ मा छोराले बाबुको हत्या गरेका छन् । आइतबार ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुवा युवराज राईको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिष कर्णका अनुसार युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो । बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको कर्णको भनाइ छ । घटनाको ...
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना

विराटनगर । हिजो दिउँसोको तुलनामा आज मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभा...
हर्क साम्पाङको पार्टीले पायो मान्यता

हर्क साम्पाङको पार्टीले पायो मान्यता

काठमाडौं । निर्वाचन आयोगले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । आइतबार आयोगमा पुगेर साम्पाङले पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् । आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ । आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने ...
मोरङको कटहरीमा पन्यू तताएर महिलाले डामिँदिइन् पुरुषको लिङ्ग

मोरङको कटहरीमा पन्यू तताएर महिलाले डामिँदिइन् पुरुषको लिङ्ग

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा एक महिलाले पन्यू तताएर पुरुषको लिङ्ग डामिँदिएकी छन् । आज बिहान करिब चार बजे ३० वर्षीया माझी थरकी महिलाले धनपालथान गाउँपालिका-४ कर्सियाका ३८ वर्षीय पासवान थरका पुरुषको लिङ्ग र मुखमा डामिँदिएकी हुन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका माझी टोल घर भएकी महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । दुबै जना विवाहित भएपनि उनीहरूको पहिलादेखिन...
धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुईदिन स्थानीय बिदा दिएको छ । धनकुटा नगरपालिका भित्र मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको मुख्य दिन कात्तिक १९ र २० गते दुईदिन स्थानीय बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचना अनुसार स्थानीय बिदाका दिन अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुनेछन् । उक्त दिन नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा...
बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बन्द अवधिको यातायात जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आज बसको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द रहँदा म्याद गुज्रिएका सवारीसाधनका कागजातहरूको जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार कार्यालय बन्द रहँदा जरिवाना लाग्ने अवधि शून्य मानेर सेवाग्र...
कोशीका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध 

कोशीका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध 

विराटनगर । कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । बाढी र पहिरोका कारण दुई वटा सडक एकतर्फी सुचारु रहेको जनाएको छ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटा चौबिसे गाउँपालिका-४ चारखोलेमा बाढी पहिरोका कारण तमोर...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर तीन हजार ...
विराटनगरबाट धनगढी जाँदै गरेको बसको ठक्करबाट अटोमा सवार चार जनाको मृत्यु

विराटनगरबाट धनगढी जाँदै गरेको बसको ठक्करबाट अटोमा सवार चार जनाको मृत्यु

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ स्थित वीरेन्द्र बजारमा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् । दुर्घटनामा सोही नगरपालिकाका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र करिब ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्य...
कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

कारसहित हराएका झापाका युवाको शव गाडिएको अवस्थामा फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । आज बिहान बाह्रदशी र झापा गाउँपालिकाको सिमानामा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा शव फेला परेको हो । शर्मा सात दिनअघि बा १-०३० च ७१९४ नम्बरको आफ्नै कारसहित हराएका थिए । दुई दिनअघि मात्र उनको कार चारआली-भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक बनभित्र जलिरहेको अ...
error: Content is protected !!