
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय २५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार छ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














