
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार आठ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














