आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

आम सञ्चार विधेयकको संसोधन सुझाव हस्तान्तरण

विराटनगर । कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको आम सञ्चार विधेयकमा नागरिक समाजको तर्फबाट संकलन भएको सुझाव विषयगत समितिलाई हस्तान्तरण गरिएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले सोमबार कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विद्यायन समिति सभापति कमला दर्नाल र सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई विधेयकको सुझाव हस्तान्तरण गरेको हो । कोकनले विभिन्न चरणमा कोशी सरकारले प्रद...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुहुनेगरि मूल्य बढाएको हो । सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ भने हवाइ इन्धनमा पनि प्रतिकिलो...
धरानबाट गाँजासहित एक जना पक्राउ

धरानबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् । आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेप...
एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

एक वर्षमा कोशीका दुई लाख ६० हजार युवा विदेशिए

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा तीन सय १३ वटा वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त उजुरी परेका हुन् । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त उजुरीमध्ये एक सय ३६ वटा छानबिन गरी टुङ्गो लागिस...
शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको वार्ता सहमति बिनै टुङ्गियो

विराटनगर । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । शिक्षक महासंघका प्रतिनिधिले शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा असहमति जनाएपछि बिनानिष्कर्ष वार्ता टुङ्गिएको हो । मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गर्ने प्रस्ताव गरेपछि महासंघका प्रतिनिधिले वार्ता छाडेका छन् । तर महासंघले भने ७...
विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगरमा सापटी रकम लिएर जाँदै गर्दा लुटपाट, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा लुटपाट र अपहरणको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २४ वर्षीय समीर हुसेन र विराटनगर-६ का २५ वर्षीय तासिब अन्सारी छन् । उनीहरू आइतबार पक्राउ परेका हुन् । ‘हामी प्रहरी हौं’ भन्दै उनीहरूले असार ११ गते लुटपाट गरेको खुलेको छ । उक्त घटनामा संलग्न एक जना भने फरार छन् । मोरङ प्रहरीका अनुसार उनको खोजी भइरहेको छ । मोरङ प्रहरी प्रवक्ता ...
शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलन गर्ने महासंघको चेतावनी

विराटनगर । विद्यालय शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । असार १५ गते विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएपनि त्यस अनुरूप नभएपछि महासंघले विज्ञप्तिमार्फत पुनः आन्दोलनको चेतावनी दिएको हो । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनको स्थित हुन नदिन सक्रिय र गम्भी...
भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुरका किसानलाई विभिन्न प्रजातिका बिरुवा वितरण

भोजपुर । भोजपुरका कृषकलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न साढे आठ हजार बढी बिरुवा वितरण गरिएको हो । डिभिजन वन कार्यालयले तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरेको छ । भोजपुरका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्था...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्ल...
मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

मोरङको धनपालथानमा बलात्कारपछि बालिकाको हत्या, काका पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय युवक छन् । उनी बालिकाकै काका भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे धनपालथानको रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो । उनको शरीरमा...
धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

धान रोप्दै विद्यार्थीहरू (फोटो फिचर)

विराटनगर । आज असार १५, दही चिउरा खाने दिन सँगसँगै २२ औं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । विभिन्न सङ्घसंस्थाहरूले सामूहिक रूपमा धान दिवस मनाउँदै आएकामा पछिल्लो समय विभिन्न विद्यालयहरूले पनि मनाउन थालेका छन् । विद्यालयहरूले व्यवहारिक ज्ञान वृद्धिसँगै असार १५ को महत्व र कृषि पेसाको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यार्थीलाई रोपाइँमा सरिक गराएका छन् । मोरङको ग्राम...
विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगरका कार्यपालिका सदस्यको स्मृतिमा श्रद्धाञ्जली सभा 

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहितको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । मेयर कोइरालाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने उल्लेख गरे । उनले कार्यपालिका सदस्य सा...
विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगरमा सामूहिक रोपाइँ (फोटो फिचर)

विराटनगर । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको छ । आजको दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर नै सामूहिक रोपाइँ गर्ने र दही चिउरा खाने गरिएको छ । सोही क्रममा विराटनगर महानगरपालिकाले पनि सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गर्यो । विराटनगर-१६ दरैयामा उप-मेयर शिल्पा निराला कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा महानगरका...
अबदेखि जुनसुकै विषय पढेकोले पनि शिक्षक लाइसेन्स पाउने

अबदेखि जुनसुकै विषय पढेकोले पनि शिक्षक लाइसेन्स पाउने

विराटनगर । शिक्षाशास्त्र संकायबाहेकले पनि अब शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । आज सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्यापन अनुमतिपत्र लिन पाउने सहमति गरेको हो । यस्तै विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले पुनर्ताजगी तालिम लिनुपर्ने सहमति पनि जुटेको छ । विद्याल...
कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान

विराटनगर ।  कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तर प्रदेश भ्रमणमा आदन-प्रदान साटासाट भएको छ । गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै बोर्डले अनुभव साटासाट गरेको हो । अनुभव आदान-प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए । उनले परिषद्ले...
सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

सुनसरीमा कारबाट एक क्विन्टल बढी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट एक सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ७ः३० बजे बराहक्षेत्र नगरपालिका-५ तिनकुनेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार चालक विराटनगर महानगरपालिका-४ इक्राहीका २६ वर्षीय धिरज गोसाइँ र कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जरतर्फ जाँदै गरेको प्रदेश १-...
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान ठप्प

विराटनगर । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा पूर्णरूपमा ठप्प भएको छ । मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण उडान स्थगित भएको हो । विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ । निगमका अनुसार विमानको नियमित मर्मत तथा मौसम प्रतिकूलताले गर्दा सुकेटारमा हाल उडान सञ्चालन हुन सकेको छैन । निजी क्ष...
कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति भयो ?

कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति भयो ?

विराटनगर । कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार धान खेती हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये  ३९ हजार ३ सय ८९.९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । उच्च पहाडी क्षेत्रमा कुल धान खेती हुने क्षेत्रफलमध्ये १०.९७, मध्य पहाडी क्षेत्रमा २४.९२ र तराई क्षेत्रमा १०.७८ प्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका अनुसार गतवर्ष यही समयमा १३.७१ प्रत...
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

विराटनगर । सुनसरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इर्न्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिश चौधरी तथा अर्को मोटरसाइकलका चालक इनरुवा-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएक...
आज असार १५ : दही चिउरा खाएर मनाइँदै

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

विराटनगर । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली...
धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटा । धनकुटामा १० क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । आज धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा एक हजार ६८ किलो गाँजा जलाएर नष्ट गरिएको हो । विभिन्न समयमा फरक-फकर स्थानबाट बरामद भएको उक्त गाँजा जलाएर नष्ट गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार उक्त गाँजा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद भएको थियो ।
मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ बबियामा नाबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार अक्षय सरदारकी ५ वर्षीया छोरी आत्तिका सरदारको शव फेला परेको हो । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ । आज बिहान ३ बजे नाबालिका हराएको भनेर आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा नाबालिकाको शव घरबाट सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ । ‘हिजो आमाबाबुले काकाको जिम्मा लग...
विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगर । विराटनगरमा विवाह घरमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१८ का १७ वर्षीय अमित यादव छन् । आज बिहानको राति १ः३० बजेको समयमा डिजे बजाएर नाच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनलाई डिजेमा जोडेको तारबाट करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ ह...
कोशी प्रदेशको बजेट पारित

कोशी प्रदेशको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारको बजेट पारित भएको छ । आजको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत भएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका थिए । आन्तरिक ...
विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-६ का ३७ वर्षीय किसन चौधरी छन् । गत जेठ २८ गते विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि पार्किङ गरेर राखिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार उनी बिहीबार साँझ ५ बजे मोटरसाइकल चलाइरहेको अवस्थामा कटहरी गाउँपालिका-१ मा फेला परेका थिए । उनलाई तत्कालै प्रहरील...
विराटनगर क्षेत्रमा चोरी गर्ने तीन भारतीय महिला नगदसहित पक्राउ

विराटनगर क्षेत्रमा चोरी गर्ने तीन भारतीय महिला नगदसहित पक्राउ

विराटनगर । विराटनगरलाई केन्द्रबिन्दु बनाएर चोरीमा संलग्न भएको आरोपमा तीन भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्णिया ठेगाना बताउने २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा आवत-जावत गर्ने असहाय र वृद्धवृद्धा उमेरका मानिसहरूले बोकेको सामान तथा ...
अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका थिए । दुई जनामध्ये खुसी राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईले संगालोखबरलाई जानकारी दिए । सुनसरीको बराहक्षेत्र...
झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

विराटनगर । झापामा हात्तीको आक्रमणबाट १५ वर्षको अवधिमा ७२ जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाले ज्यान गुमाएका हुन् । डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार हात्तीको आक्रमणबाट सोही अवधिमा ९२ जना घाइते भएका छन् । २०८१ साउनयता हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना घाइते भएका छन् । मानव-हात्ती द्...
एसईईको नतिजा प्रकाशनको तयारी 

एसईईको नतिजा प्रकाशनको तयारी 

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको काम अन्तिम चरणमा पुगेको हो । नतिजा प्रकाशनका लागि आज बोर्ड बैठक बस्ने तयारी छ । तर बैठक बस्ने समयतालिका निर्धारण भइसकेको छैन । बोर्ड बैठक बसेपछि नतिजा प्रकाशनको टुङ्गो लाग्नेछ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घल...
error: Content is protected !!