संगालोखबर


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।

आज शीतल निवासमा पुगेर आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीसहित आयुक्तहरू र सचिवले संयुक्त रूपमा प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

Advertisement

प्रतिवेदन बुझाउने कार्य संविधान अनुसारको अनिवार्य प्रक्रिया हो । जसले निर्वाचन सम्पन्न भएको औपचारिक पुष्टि गर्दै नयाँ सरकार गठन र संसद्को कामकारबाही सुरु गर्ने संवैधानिक ढोका पनि खोल्छ ।

अब राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार संसद् अधिवेशन आह्वान गर्ने र सरकार गठन प्रक्रिया अगाडि बढाउनेछन् । आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको प्रतिलिपि नेपाल सरकार र संघीय संसद् सचिवालयलाई समेत पठाइसकेको छ ।

साथै, निर्वाचनको अन्तिम परिणाम राजपत्रमा प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसले निर्वाचन परिणामलाई पूर्ण कानुनी मान्यता दिनेछ ।

प्रतिवेदन बुझिएसँगै संघीय संसद् सचिवालयले पनि आफ्नो तयारी तीव्र बनाएको छ । सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!