धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

विराटनगर । धनुषाको सबैला नगरपालिका-८ ठिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।  गएराति भएको दुर्घटनामा सोही स्थानका १८ वर्षीय अमन राय र विदेह नगरपालिका-७ जोगियारा का १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको हो । प्रहरीका अनुसार अमनले मोटरसाइकल चलाएका थिए । प्र ०२-००७ प ५५८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ...
उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

उदयपुरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका-९ हडियास्थित मुसहर्निया टोल स्थित सोवित खत्रीको घरमा आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट भएर लागेको आगोले घरसँगै अन्नपात, गरगहना, भाँडावर्तनलगायत सामान जलेका छन् । जसबाट ४० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागी भएपछि ग्यास सिलिन्डर पनि पड्किएको थियो । बेमौसमी वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले ...
खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकास राईको मृत्यु भएको हो । मंगलबार साँझ ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

सप्तकोसी नदीमा हामफालेका व्यक्तिको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोशी नदीमा हामफालेका व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान १०ः४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राईले सप्तकोसीको पुलबाट नदीमा हामफालेका थिए । प्रहरीले जानकारी पाउनासाथ उनलाई उद्दार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा मृत...
कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको सातौँ अधिवेशन आह्वान भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बर्खे अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए । यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा स...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९१ हजार छ रुपैयाँ कायममा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार तोलामा एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही...
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्यरूपमा दिवस मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा मात्र नभई भव्य तरिकाले मनाउन निर्देशन दिए । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी म...
उदयपुरको त्रियुगा नदीले बगायो बस

उदयपुरको त्रियुगा नदीले बगायो बस

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । उदयपुर प्रहरीका अनुसार जन्ती पुर्‍याएर फकिँदै गरेको बस बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार सोमबार राति सप्तरीमा जन्ती पुर्‍याएर को १ ख ४७५३ नम्बरको बस बेल्टारतर्फ फर्किँदै थियो । ‘त्यहाँबाट खासै गाडी ओहोर-दोहोर गर्दैनन्’, डीएसपी दोङले संगालोखबरसँग भने, ...
इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

इटहरीमा घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ । आफ्नै निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएकोमा चिकित्सकले मृ...
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु, युवक गम्भीर घाइते

विराटनगर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन् । दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी-२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पत...
धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

धरानबाट १५ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-३ का १९ वर्षीय सुजन राई छन् । बा ४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले जेब्रा झोलामा १५ किलो गाँजा बोकेका थिए । यस्तै विराटनगर-१५ बाट २ ग्राम ८४ मिलिग्राम ब्राउन सुगरसहित बेलबारी नगरपालिका-४ क...
ओखलढुङ्गामा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

ओखलढुङ्गामा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खिजीदेम्वा गाउँपालिका-८ रावा टोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लाग्दा कैलालीका ३० वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो । सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको ओखलढुङ्गा प्रहरीका प्रवक्ता इन्स्पेक्टर विक्रमबहादुर भट्टराईले संगालोखबरलाई जानकारी दिए । चौधरी सिग्माकोण क...
सुनको मूल्य पाँच हजार तीन सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य पाँच हजार तीन सय रुपैयाँ बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला पाँच हजार तीन सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैया...
उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

उदयपुरमा बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-८ फूलबारीमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुमको आठराईमा चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय संक्रान्तिका अनुसार ४५ वर्षीय सागर थिङ्लाबुको मृत्यु भएको हो । सोमबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सोमबार नै उनको शव परिवारको जि...
धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । यसअघि दुर्घटनामा घाइते भ...
धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या दुई पुग्यो, १२ जनाको उपचार हुँदै

धनकुटा बस दुर्घटना अपडेट: मृतकको संख्या दुई पुग्यो, १२ जनाको उपचार हुँदै

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ करिब ७ः३५ बजे चालक तामाङको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को ...
सुनसरीको बराहक्षेत्रबाट तीन सय ३० किलो गाँजा बरामद

सुनसरीको बराहक्षेत्रबाट तीन सय ३० किलो गाँजा बरामद

विराटनगर । सुनसरी बराहक्षेत्र नगरपालिका-१ स्थित जंगलबाट प्रहरीले गाँजा बरामद गरेको छ । आइतबार राति करिब ८ः४० बजे धरान-१७ बाट गाँजा ओसार-पसार हुँदै छ भनेर प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र जंगलबाट तीन सय ३० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीलाई देखेपछि गाँजा ओसार-पसारमा संलग्नहरू पोका छाडेर भागेका छन् । बरामद ...
विराटनगरकी सोनीलाई भारतमा ‘वेस्ट लिरिक्स अवार्ड’ प्रदान

विराटनगरकी सोनीलाई भारतमा ‘वेस्ट लिरिक्स अवार्ड’ प्रदान

विराटनगर । गीतकार अनिता सोनीलाई भारतमा ‘वेस्ट लिरिक्स अवार्ड’ प्रदान गरिएको छ । फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फाल्केको १५६ औं जन्मजयन्तीको अवसरमा मुम्बईमा आयोजित कार्यक्रममा सोनीलाई उत्कृष्ट गीतकार विधाको अवार्ड प्रदान गरिएको हो । समारोहमा बलिउड संगीत क्षेत्रका उत्कृष्ट संगीतकार अनु मलिक, गीतकार समिर, गायकहरू सोनु निगम, शान, मन्दाकिनी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रह...
दलित समुदायलाई बाँसका सामाग्री बनाउने तालिम

दलित समुदायलाई बाँसका सामाग्री बनाउने तालिम

धनकुटा । धनकुटामा दलित समुदायलाई बाँसका सामग्री बनाउने तालिम दिइएको छ । पाख्रीबास नगरपालिका-७ स्थित मुगामा एक महिने तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको तालिममा १७ जना सहभागि थिए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले युवाहरूल...
झापामा लागूऔषध कारोबारी पक्राउ गर्न हवाइ फायर

झापामा लागूऔषध कारोबारी पक्राउ गर्न हवाइ फायर

विराटनगर । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको छ । आज बिहान करिब ८ः४५ बजे कनकाई नगरपालिका-४ तल्लो चाप्रामारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउन्ड गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध कारोबारी आउँदै गरेको भन्ने सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बीआर ३७ ट...
धनकुटामा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटामा बस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा...
धनकुटा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

धनकुटा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनको उपचारका क्रममा बिहान ११ः४५ बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहा...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।  दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।  बसमा कति जना यात्रु थिए भन्ने खुल्न बाँकी छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्...
धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध

धनकुटा । धनकुटाको टुँडिखेलमा आयोजना गरिएको भलिबल उत्सवमा अराजक गतिविधि गरेको आरोपमा जिल्ला भलिवल संघले टिम कोचसहित चार जना खेलाडीलाई कारवाही गरेको छ । जिल्ला भलिवल संघविरुद्ध नारावाजीसहित अराजक गतिविधि गरेको भन्दै महालक्ष्मी नगरपालिका–३ का प्रशिक्षकसहित चार जना खेलाडीलाई दुई वर्षका लागि खेलमा प्रतिवन्ध लगाइएको हो । कारबाही पर्नेमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ...
मोरङ कारागारका थुनुवाको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका थुनुवाको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मोरङ कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई शनिवार साँझ कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई पटक-पटक अस्पताल भर्ना गर्ने गरिएको उनले जानकारी दिए । ‘उहाँ...
सुनसरीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद

सुनसरीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय गाँजा तस्करी बढ्न थालेको छ । नियमित जसो ट्रक, कार, टेम्पो लगायतका सवारी साधनबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरिरहेको छ । यसैक्रममा सुनसरीबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद भएको छ । शनिबार राति सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट प्रहरीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट एक सय ८० किलो गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खट...
नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा चयन 

नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा चयन 

धनकुटा । नेपाल लोकतन्त्रवादी किरात राई संघ धनकुटाको अध्यक्षमा नगेन्द्र लिङखावा राई चयन भएका छन् । शनिबार भएको भेलाले नगेन्द्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गजेन्द्र राई र शान्ति राई, सचिवमा पुत्रमान राई तथा सह-सचिवमा मणिराज राई चयन भएका छन् । यस्तै सदस्यहरूमा हर्क राई, लक्ष्मी राई, शान्तिमाया राई, हर्षराज राई, रोशन राई र मणिराज राई चयन भएका छन् । संघका केन्द्रीय...
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार...
तमोर नदी किनारमा महिलाको शव फेला

तमोर नदी किनारमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित तमोर नदी किनारमा महिलाको शव फेला परेको छ । शनिबार दिउँसो सडिसकेको अवस्थामा महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार शव सुनसरीको धरान उपमहानगरपालिका-२ निकेतन मार्गकी ६५ वर्षीय मीना शाक्यको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले मृतकका छोराबाट शवको सनाखत भएको जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि धरा...
आजबाट कक्षा १२ को परीक्षा सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

विराटनगर । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षामा पाँच लाख ११ हजार बढी परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु भएको हो । आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घड...
error: Content is protected !!