
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन सात हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय १५ रुपैयाँ घटेर चार हजार आठ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















