झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् । दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी...
अनुशासनको कारबाही अस्वीकार गर्ने शेखर समूहको निष्कर्ष

अनुशासनको कारबाही अस्वीकार गर्ने शेखर समूहको निष्कर्ष

विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्षले अनुशासनका नाममा डा. शेखर कोइराला पक्षका नेताहरूमाथि कारबाहीको ‘डण्डा’ चलाएको छ । तर कोइराला पक्षका नेताहरूको बैठकले यसलाई वैधानिक नभएको निष्कर्ष निकाल्दै कारबाही अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार अहिले पार्टीको अनुशासन आयोगले गरेको कारबाही पूर्वाग्रह देखिन्छ । विधान अनुसार निवेदन परेको ६ महिनाभित्रमा कारब...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् । घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको...
मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको हो ।  गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार गाँजा तौल गर्...
मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका-५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो । उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृ...
आज गुरु पूर्णिमा 

आज गुरु पूर्णिमा 

विराटनगर । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्ल गायतका धार्मिकग्रन्थ लेख...
धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...
झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

विराटनगर । झापामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज दिउँसो राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको मृत्यु भएको ...
आज राति १२ बजेदेखि सरकारी खाता एक हप्ताका लागि रोक्का

आज राति १२ बजेदेखि सरकारी खाता एक हप्ताका लागि रोक्का

विराटनगर । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट रकम निकास गर्ने आज अन्तिम दिन हो । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का हुने छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक...
तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

विराटनगर । झापामा सामूहिक आक्रमणमा परेकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङवारीकी २२ वर्षीया गंगा राई छन् । उनी हाल अर्जुनधारा-८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी थिइन् । घटना मंगलबार रातिको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे घर भइ हाल अर्जुनधारा-७ मा बस्ने सुस्मिता भुसालले आफ्नो पति रमेश भुसाल गंगाको कोठामा गएको भन्दै टोलका महिलाहरूलाई बोलाए...
यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

विराटनगर । बाढीपहिरोका कारण देशभर केही मुख्य राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कोशीका संखुवासभा र पाँचथरसहित देशका विभिन्न स्थानका मूख्य राजमार्ग अवरुद्ध भएका हुन् । संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तीलोक पथ, म्याग्दीस्थित दरबाङ सडक र नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ...
आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

विराटनगर । साउन १ गतेबाट लागुहुनेगरि आठ प्रकारका बिमारीले दुई लाखको उपचार सुविधा पाउने भएका छन् । क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य बीमा सुधारको अर्को महत्त्वपूर्ण पाइला अन्तरगत यो सुविधा उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्री प्रदिप पौडेललेको भनाइ छ । ‘कडा रोग लागेर स्वास्थ्...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाक...
सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-८ रणेमका मिङ्मार तामाङ छन् । थुलुङदुधकोशी गाउँपालिका-१ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बा ९४ प ३०९९ नम्बरको मोटरसाइकल बगाएको थियो । मंगलबार साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत...
धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३२  वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए । केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...
विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ । यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा ...
केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । डा. रोशन घिमिरे नेतृत्वको चिकित्सकीय टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको केएमसीले जनाएको छ । उनलाई आफ्नै श्रीमती ३३ वर्षीया यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् । यसलाई नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐति...
उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

उदयपुरको त्रियुगा नदीमा बेपत्ता युवक मृत भेटिए

विराटनगर । उदयपुरको त्रियुगा नदीमा बेपत्ता भएका युवक मृत भेटिएका छन् । चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका चौदण्डीगढी-६ कालीखोलाका ३० वर्षीय सुरज राईको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार सोमबारदेखि नै उनको खोजी भइरहेको थियो । प्रहरीका अनुसार उनी सोमबार साथीहरूसँग नुहाउन गएका थिए । सोही क्रममा उनी माछा मार्ने क्रममा बेपत्ता भएका...
मोरङको धनपालथानबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

मोरङको धनपालथानबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-२ पैटामबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अररिया जिल्ला पँहुसी ग्राम पंचायत-२ का २२ वर्षीय मोहमद इर्साद छन् । सोमबार राति करिब ८ः३० बजेको समयमा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनका अनुसार इर्सा...
नेपाल टेलिकमको इन्टरनेटमा समस्या, पुनर्स्थापनाको प्रयास हुँदै

नेपाल टेलिकमको इन्टरनेटमा समस्या, पुनर्स्थापनाको प्रयास हुँदै

विराटनगर । नेपाल टेलिकमले उपलब्ध गराउने इन्टरनेटमा समस्या आएको छ । गएराति १ः३० बजेदेखि इन्टरनेटमा समस्या आएको टेलिकमले जनाएको छ । केहीबेर अघि टेलिकमले एक सूचना जारी गर्दै सेवा पुनर्स्थापित गर्ने काम भइरहेको जनाएको छ । टेलिकमका अनुसार इन्टरनेट सेवाको स्पीडमा समस्या भएको हो । ‘एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरू वैकल्पिक सेवाप्रदायकबाट संचालनमा रहेका छन्’, ...
मोरङमा दाजु-भाइको अंश विवादमा देवरले गरे भाउजूको हत्या

मोरङमा दाजु-भाइको अंश विवादमा देवरले गरे भाउजूको हत्या

विराटनगर । मोरङमा दाजु-भाइबीचको अंश विवाद हुँदा देवरले हँसिया प्रहार गरेर भाउजूको हत्या गरेका छन् । रतुवामाई नगरपालिका-६ का ६९ वर्षीय टंकबहादुर बस्नेतले ६० वर्षीया भाउजू टीकामाया कार्की बस्नेतको हत्या गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार असार २१ गते शनिबार दिउँसो ४ बजे गणेशबहादुरकी श्रीमती टीकामाया आफ्नै बारीमा मृत फेला परेको सूचना आएको थियो । सोही सूचनाका आधारमा इल...
यी हुन् रसुवाको बाढीमा बेपत्ता भएका १८ जना 

यी हुन् रसुवाको बाढीमा बेपत्ता भएका १८ जना 

विराटनगर । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ । आज बिहानको राति आएको बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता भएका छन् । जसमा चिनियाँ र नेपाली नागरिक छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता छन् । यस्तै चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ ...
त्रिशूली नदीमा दुई जनाको शव फेला

त्रिशूली नदीमा दुई जनाको शव फेला

मकवानपुर । धादिङको गल्छी गाउँपालिका-२ क्यरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको हो । प्रहरीले शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरेको छ । मृतक दुवैजना पुरुष रहेका प्रहरीले जनाएको छ । अहिले घटनास्थल पुगेर प्रहरीले घटनाबा...
रसुवाको बाढीमा प्रहरीसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार

रसुवाको बाढीमा प्रहरीसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार

विराटनगर । रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ रसुवागढीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या १८ पुगेको छ । बेपत्ता हुनेमा तीन प्रहरी,  ९ जना नेपाली कामदार र  ६ जना चिनियाँ कामदार रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् । बाढीमा फसेका ९ जनाको भने उद्धार भएको...
विराटनगरमा सुनचाँदी व्यवसायीको प्रदर्शन

विराटनगरमा सुनचाँदी व्यवसायीको प्रदर्शन

विराटनगर । मोरङ र सुनसरीका सुनचाँदी व्यवसायीहरूले आन्तरिक राजश्व कार्यालय विराटनगर अगाडि धर्ना दिएका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुनचाँदी व्यवसायीहरूले धर्ना दिएका हुन् । सुनचाँदी व्यवसायीहरू तीन सातायता पसल बन्द गरेर सडकमा उत्रिएका छन् । व्यवसायीहरूले पहिलो चरणमा कर खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली  र अर्थमन्त्री...
यी हुन् कालोसूचीमा परेका चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता 

यी हुन् कालोसूचीमा परेका चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो । लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झाको धनुषाको शिवम् कन्स्ट्रक्सन र रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति र...
भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

भोजपुरमा युवतीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

विराटनगर । भोजपुरको पौवादुङ्मा गाउँपालिका-३ मा एक २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राई छन् । युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले ज...
error: Content is protected !!