ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

ग्रामथानका दुई वडाध्यक्षलाई गाउँसभा प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले दुई जना वडाध्यक्षलाई गाउँसभामा प्रवेश गर्न रोक लगाएका छन् । अनुशासन उल्लंघन गरेको भन्दै वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरीलाई अध्यक्ष माझीले सात दिनका लागि गाउँसभा बैठकमा निषेध गरेका हुन् । आज सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष म...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति (पूर्णपाठ)

विराटनगर । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने गरी मौद्रिक नीति ल्याएको छ । आज गर्भनर डा. विश्वनाथ पौडेलले आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात बैंक दर ० दशमलव ५ प्रतिशत विन्दुले घटाई ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाई ४ दशमलव ५ प्रतिशत बनाइएको छ । साथै केन्द्रीय बैंकले स्थायी निक्षेप सङ्क...
झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

झापा र सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ 

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापा र सुनसरीबाट उनीहरू पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका-४ का १९ वर्षीया प्रिया तामाङ, दमक-५ का १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रवीन चेम्जोङ र दमक-१० का २७ वर्षीय मनोज खनाल छन् । उनीहरूलाई ३५० क्याप्सुल र ...
सरकारसँगको सहमतिपछि सुनचाँदीको मूल्य तोकियो, आज कतिमा हुँदैछ कारोबार ?

सरकारसँगको सहमतिपछि सुनचाँदीको मूल्य तोकियो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदीको मूल्य तोकेको छ । असार १९ गतेदेखि मूल्य निर्धारण नगरेको महासङ्घले बिहीबार सरकारसँग सहमति भएपछि आजबाट मूल्य तोकेको हो । महासङ्घले आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकेको छ । महासङ्घले असार १९ गते एक लाख ९२ हजार एक सय रुपैयाँ मूल्य कायम गरेको थियो । आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ...
मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

धनुषा । मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । पानी नपर्दा धान रोपाइँमा समस्या भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको भन्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प...
सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

विराटनगर । सरकारसँग ६ बुँदे सहमति भएसँगै सुनचाँदी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । बिहीबार सहमति भएसँगै आजबाट आन्दोलन स्थगित गरेर व्यवसायी आफ्नो व्यवसायमा फर्किएका छन् । उनीहरू सुन र हिरामा लगाइएको विलासिता कर खारेज हुनुपर्ने मागसहित पसल बन्द गरेर आन्दोलनमा होमिएका थिए । अर्थ मन्त्रालयमा भएको वार्तामा विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोक...
झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा हायसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । झापामा हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ का ३८ वर्षीय रामबहादुर भुजेल छन् । बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व–पश्चिम राजमार्गमा गम्भीर अवस्थामा फेला परेका उनलाई विर्तासिटी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बा ५ ख ६८०३ नम्बरको हायससहित चालक मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय रोशन तामाङलाई काँक...
रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

रंगेलीमा मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ मा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-६ दादरबेरियाका १० वर्षीय प्रशान्त विश्वकर्मा छन् । उनको आज दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार प्रशान्त रंगेली-९ बेलचोकस्थित मामाघरमा गएका थिए । उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारेर स्थानीयले उपचारका लागि रंगेली अस्पताल लगेका थ...
नेप्से चार महिना यताकै उच्च विन्दुमा 

नेप्से चार महिना यताकै उच्च विन्दुमा 

विराटनगर । सेयर बजार परिसूचक नेप्से आज चार महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ । आज जलविद्युत, व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा बैंकिङ समूहको सेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको सेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको सेयर १ दशमलव १२ प्रतिशतले बढेको छ । आज माईखोला हाइड्रोपावर कम्पनीक...
कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

कोशीमा ७७ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधारमा सबैभन्दा बढी

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत बजेट मात्रै खर्च गर्न सफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालुतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र...
झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

झापा दुर्घटना अपडेट : तीन वर्षीय बालकको पनि मृत्यु

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् । दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी...
अनुशासनको कारबाही अस्वीकार गर्ने शेखर समूहको निष्कर्ष

अनुशासनको कारबाही अस्वीकार गर्ने शेखर समूहको निष्कर्ष

विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्षले अनुशासनका नाममा डा. शेखर कोइराला पक्षका नेताहरूमाथि कारबाहीको ‘डण्डा’ चलाएको छ । तर कोइराला पक्षका नेताहरूको बैठकले यसलाई वैधानिक नभएको निष्कर्ष निकाल्दै कारबाही अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार अहिले पार्टीको अनुशासन आयोगले गरेको कारबाही पूर्वाग्रह देखिन्छ । विधान अनुसार निवेदन परेको ६ महिनाभित्रमा कारब...
सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

सुनसरीको देवानगञ्जबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगञ्ज-२ का २० वर्षीय प्रकाश यादव र देवानगञ्ज-७ का १९ वर्षीय धिरज यादव छन् । उनीहरूलाई बुधबार राति पाँच किलो गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रकाशको घर खानतलासी गर्दा मकैको ढोडसहित बोरामा रा...
सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

सुनसरीमा टिकटकबाट अफवाह फैलाउने युवक पक्राउ

विराटनगर । सामाजिक संजाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ नहरचोकका २२ वर्षीय साहिल अंसारी छन् । घृणित र अपमानजनक अश्लिल शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउने भिडियो बनाई सामाजिक संजाल टिकटक लगायतमा सम्प्रेषण गरेपछि उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनलाई कोशी गाउँपालिका-३ जमुवाबाट पक्राउ गरिएको...
मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

मोरङको धनपालथानमा उखुबारीबाट २६ बोरा गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार उखुबारीबाट २६ बोरा गाँजा बरामद भएको हो ।  गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ गाँजा बरामद गरेको हो ।  मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार गाँजा तौल गर्...
मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका-५ घर भएका ४० वर्षीय सन्तोष पालको मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार पाललाई जरबजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो । उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बुधबार साँझ ६ः२५ बजेतिर मृ...
आज गुरु पूर्णिमा 

आज गुरु पूर्णिमा 

विराटनगर । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्ल गायतका धार्मिकग्रन्थ लेख...
धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटाका एक व्यक्‍तिद्वारा आत्मदाह प्रयास

धनकुटा । धनकुटामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । धनकुटा नगरपालिका-४ देब्रेवासका ४० वर्षीय पुरुषले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका उनलाई श्रीमतीले देखेपछि आगो निभाएकी थिइन् । उनको अनुहार, छाती र ढाड जलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको शरीरको करिब १७ प्रतिशत भाग डढे...
झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

विराटनगर । झापामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज दिउँसो राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको मृत्यु भएको ...
आज राति १२ बजेदेखि सरकारी खाता एक हप्ताका लागि रोक्का

आज राति १२ बजेदेखि सरकारी खाता एक हप्ताका लागि रोक्का

विराटनगर । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट रकम निकास गर्ने आज अन्तिम दिन हो । भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का हुने छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक...
तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

तेह्रथुमका किसान व्यवसायिक सिस्नु खेतीमा आकर्षित 

विराटनगर । तेह्रथुमका किसानले व्यवसायिक रूपमा सिस्नु खेती थालेका छन् । सिस्नुको माग बढेपछि लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा यसको व्यवसायिक खेती सुरु गरिएको हो । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १...
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोरङका राजवंशीको मृत्यु

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका-२ का ३२ वर्षीय अनिल राजवंशी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका राजवंशीको विराट टिचिङ अस्पताल बुढीगंगामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले...
खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

खुल्यो मेची र सिद्धिचरण राजमार्ग 

विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो । ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दि...
झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

झापामा सामूहिक आक्रमणबाट २२ वर्षीया युवतीको मृत्यु

विराटनगर । झापामा सामूहिक आक्रमणमा परेकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-४ भाङवारीकी २२ वर्षीया गंगा राई छन् । उनी हाल अर्जुनधारा-८ शनिश्चरे क्याम्पस नजिक डेरा बस्दै आएकी थिइन् । घटना मंगलबार रातिको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे घर भइ हाल अर्जुनधारा-७ मा बस्ने सुस्मिता भुसालले आफ्नो पति रमेश भुसाल गंगाको कोठामा गएको भन्दै टोलका महिलाहरूलाई बोलाए...
यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

यी हुन् बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका प्रमुख राजमार्ग

विराटनगर । बाढीपहिरोका कारण देशभर केही मुख्य राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कोशीका संखुवासभा र पाँचथरसहित देशका विभिन्न स्थानका मूख्य राजमार्ग अवरुद्ध भएका हुन् । संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तीलोक पथ, म्याग्दीस्थित दरबाङ सडक र नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ...
आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

विराटनगर । साउन १ गतेबाट लागुहुनेगरि आठ प्रकारका बिमारीले दुई लाखको उपचार सुविधा पाउने भएका छन् । क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य बीमा सुधारको अर्को महत्त्वपूर्ण पाइला अन्तरगत यो सुविधा उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्री प्रदिप पौडेललेको भनाइ छ । ‘कडा रोग लागेर स्वास्थ्...
सुनसरीबाट गाँजासहित एक जना पक्राउ

सुनसरीबाट गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको आमचोक गाउँपालिका-८ का २१ वर्षीय अंकित मगर छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले बोकेको जेब्रा झोलाबाट ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको छ । उनलाई इलाक...
सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा बाढीले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-८ रणेमका मिङ्मार तामाङ छन् । थुलुङदुधकोशी गाउँपालिका-१ नेले र वडा नम्बर ६ को सिमानामा रहेको सिखुखोलामा आएको बाढीले बा ९४ प ३०९९ नम्बरको मोटरसाइकल बगाएको थियो । मंगलबार साँझ नेलेमा रहेको मोबाइल पसलबाट घर फर्किँदै गर्दा सिखुखोलामा आएको बाढीका कारण ३६ वर्षीय तामाङको मृत...
धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३२  वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए । केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...
विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ । यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा ...
केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । डा. रोशन घिमिरे नेतृत्वको चिकित्सकीय टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको केएमसीले जनाएको छ । उनलाई आफ्नै श्रीमती ३३ वर्षीया यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् । यसलाई नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐति...
error: Content is protected !!