सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना
सुनसरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी भगवती चौधरीले चुनावी अभियानलाई तीब्र बनाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चौधरीले मतदातासँग भेटघाट गरिरहेकी छन् ।
उनले आफूले गर्न नसक्ने झुटो आश्वासन नदिने, अरु उम्मेदवारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर सुशासनका लागि लड्ने प्रतिबद्धता जनाएकी छन् ।
२०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा...






























