संगालोखबर


विराटनगर । विराटनगरको एभरेष्ट स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरणसँगै स्वागत गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरूलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराएका थिए ।

उनले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्दै यी दुई वर्षमा गर्ने मेहनतले भविष्यको आकार कस्तो बन्ने भन्ने तय हुने उल्लेख गरे । उनले लक्ष्यसहितको संकल्प लिएर अघि बढ्दा हरेक व्यक्ति सफल हुने भन्दै त्यसका लागि आइपर्ने विभिन्न अड्चनहरूलाई सामना गर्दै अघि बढ्न प्रेरित गरे ।

Advertisement

विश्वका सफल व्यक्तिहरूको उदाहरण प्रस्तुत गर्दै उनले लक्ष्यसहित दृढ संकल्प लिनेहरू सफल बन्ने गरेको बताए । विद्यार्थी केवल एक व्यक्ति मात्र नभई परिवारको सपना र देशको भविष्य समेत रहेको चर्चा गर्दै उनले आफूलाई कस्तो बनाउने भन्ने विषयमा विद्यार्थी आफैँ सचेत हुनुपर्ने उल्लेख गरे ।

एभरेष्ट स्कुलले दिने वातावरणको सहि सदुपयोग गर्न सक्दा मात्रै पनि विद्यार्थीको भविष्य उज्वल हुने तर्क गर्दै डा. गिरीले हरेक अभिभावक र शिक्षकले विद्यार्थीको भलो मात्रै चाहने बताए ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति वातावरण बनाइदिएको भन्दै कुनै कुराको अभाव भए तत्काल भन्न आग्रह गरे । ‘तपाईँहरूको शैक्षिक विकासका निम्ति केही थप गर्नुपर्ने भए मलाई भन्नुहोस्, हामी त्यो गर्छौँ’, उनले भने ।

विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा-११ र १२ ले विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने तय गर्ने भएकाले सोही अनुसार विद्यार्थीले मेहनत गर्नुपर्ने बताए । कार्यक्रममा एभरेष्ट कलेजका को-अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, कलेजमा गर्न नपाइने विषय र कलेजमा उपलब्ध सुविधालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुने एभरेष्टमा यही शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन शुरु हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!