झापा र ओखलढुंगामा दुर्घटना: दुईजनाको मृत्यु

झापा र ओखलढुंगामा दुर्घटना: दुईजनाको मृत्यु

विराटनगर । झापा र ओखलढुंगामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुबै स्थानमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । झापाको दमक नगरपालिका–३ मा पर्ने दमक–मिक्लाजुङ कच्ची सडक खण्डमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ–१ का २२ सगुन राई गम्भीर घाइते भएका थिए । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका ...
सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता गर्न आग्रह गरेको हो । सहकारी संस्थाबाट सदस्यहरूकै बचत रकम कर्जाको रूपमा प्रवाह हुने भन्दै नगरपालिकाले ऋणी सदस्यहरूले अनेक बहानाबाजी गरी समयमै सावाँ र ब्याज नबुझाएको गुनासो आएपछि सूचना जारी गर्नुपरेको जनाएको छ । यस्तै, के...
नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरू

नोवेलमा विद्यार्थीहरुको सप्ताहव्यापी खेलकुद सुरू

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सा विद्यार्थीहरुको सहभागितामा हुने सप्ताहव्यापी खेलकुद ‘नोवेल फिएस्टा’ सुरु भएको छ । एमबीबीएस, बीडीएस लगायतका शैक्षिक कार्यक्रममा अध्ययनरत् विद्यार्थीहरुले प्रत्येक वर्ष खेलकुद कार्यक्रम आयोजना गरी ‘नोवेल फिएस्टा’ मनाउँदै आएका छन् । यस वर्ष पनि एमबीबीएस १५औं ब्याच र बीडीएस १०औं ब्याचका विद्यार्थीहरुको सहभागितामा खेलकुद सुरु भएको हो । कार्यक्...
अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

विराटनगर । अवैध रुपमा ल्याइएको सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना मोरङका युवक पनि छन् । प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–९ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गाका २१ वर्षीय मोहमद अरमान र सप्तरीकै ३७ वर्षीय ज्याउदिन मिया पक्राउ परेका हुन् । भन्सार छलेर अवै...
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । तीनजना न्यायाधीशको पूर्ण इजलासमा उक्त मुद्दाबारे सुनुवाइ गर्न पेशीमा राखिएको भए पनि स्थगित भएको हो । न्यायाधीशहरू सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । तीमध्ये पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेपछि आइतवार हुने भनिएको सुनुवाइ ...
प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षले उठाएका विषयमा आफू जवाफ दिन तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिजो पनि आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएको र भोलि पनि प्रतिपक्षले कुनै विषय उठाए त्यसको जवाफ दिने बताएका हुन् । देशको सूचना विदेशीलाई बेचेको भन्ने सन्दर्भको प्रश्नमा लामिछानेले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम नलि...
एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् । धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भ...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए । उक्त रिटमा कार्की...
कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

विराटनगर । कोशी प्रदेशका चारवटा जिल्लामा शनिबार एकै दिन १५ वटा सवारी दुर्घटना भएका छन् । झापा, मोरङ, सुनसरी र भोजपुरमा भएका दुर्घटनामा २९ जना घाइते भएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बढी दुर्घटना मोरङ र झापामा भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा को ११ प ३४११ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय ६३ वर्षीया कमला दाहाल घाइते भएकी छन् । उनको विराट टिचिङ अस्पतालमा उपचा...
फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

विराटनगर । देशका सातवटा प्रदेशमध्ये सबैभन्दा पछिल्लो पटक नामकरण भएको ‘कोशी प्रदेश’ नाम खारेजी गर्नुपर्ने माग फेरि उठ्न थालेको छ । प्रदेशसभाले तत्कालीन ‘प्रदेश नम्बर १’ लाई कोशी नामकरण गरेसँगै पहिचान पक्षधर संगठन र दलहरुले आपत्ति जनाउन थालेका थिए । उनीहरुले प्रदेशको नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग जोडतोडले उठाए । महिनौंसम्म आन्दोलन भयो । प्रदेश राजधानी विराटनगरकेन्द्...
नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

धनकुटा । नेकपा एमाले धनकुटाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्ला पार्टी कार्यालय श्रीवानीमा आज बसेको दोस्रो पूर्ण बैठकले विभागीय प्रमुख, निर्वाचन क्षेत्र संयोजक, पालिका इन्चार्ज, फाँट प्रमुख र वडा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो । नौं जना नेताहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष चिन्तन तामाङलाई स्थानीय विकास विभाग प्रम...
टेबलटेनिसको राष्ट्रिय प्रतियोगिताका लागि छानिए कोशीका ८ विद्यार्थी

टेबलटेनिसको राष्ट्रिय प्रतियोगिताका लागि छानिए कोशीका ८ विद्यार्थी

विराटनगर । पोखरामा हुने अण्डर–१५ विद्यालय खेलकुद राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा कोशी प्रदेशबाट चारजना छात्र र चारजना छात्रा छनोट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत् सुशान्त मेहता टेबलटेनिसको कोशी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट उनीसहित कोशी प्रदेशबाट छात्रतर्फ ...
२ अर्ब ५० करोडको चिया र कफी निर्यात

२ अर्ब ५० करोडको चिया र कफी निर्यात

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा दुई अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । उक्त अवधिमा ९८ लाख ४९ हजार २८९ चिया र कफी निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको दुई करोड ६० लाख सात हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो । नेपालमा उत्पादन हुने अध...
विवाद चर्किएपछि पत्रकार महासंघको निर्वाचन स्थगित

विवाद चर्किएपछि पत्रकार महासंघको निर्वाचन स्थगित

विराटनगर । नेपाल पत्रकार महासंघको शनिबार हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् । शुक्रबार राति सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त ...
माग पूरा गराउन दुग्ध उत्पादक किसानहरू आन्दोलित

माग पूरा गराउन दुग्ध उत्पादक किसानहरू आन्दोलित

विराटनगर । लामो समयदेखि भुक्तानी नपाएर मर्कामा परेका पूर्वका दुग्ध उत्पादक किसानहरु आन्दोलित बनेका छन् । आफ्ना समस्यामा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका संकलन केन्द्रहरुमा दुध लिएर पुगेका किसानहरुले आज कालोपट्टी बाँधेर धर्ना दिएको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । दुग्ध उत्पादक जिल्ला सहकारी संघ र दुग्ध उत्पादक लिमिटे...
राष्ट्रसंघीय कमिटीमा नेपाली महिला निर्वाचित

राष्ट्रसंघीय कमिटीमा नेपाली महिला निर्वाचित

विराटनगर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय विभाग ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । अमेरिकाको न्यूयोर्कमा शुक्रबार भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने जनाइएको छ । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भ...
धनकुटाको पाख्रीबासमा पालीघर कल्याण कोषद्वारा विद्यार्थीलाई पुरस्कार

धनकुटाको पाख्रीबासमा पालीघर कल्याण कोषद्वारा विद्यार्थीलाई पुरस्कार

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६, फलाटेमा पाली घर परिवारद्वारा विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । वडा भित्रका विद्यालयमा अध्ययनरत् उत्कृष्ट सातजना विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । विद्यालयको ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा अमर मावि फलाटेबाट २०७९ एसईईमा उत्कृष्ट अंक ल्याउने घनश्याम प्रधानलाई नगद ५ हजारसहित प्रशंसापत्र प्रदान गरियो । त्यस्तै, अ...
सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा नीति तथा कार्यक्रम पेश गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गरेका हुन् । ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, आर्थिक सबलीकरणका लागि कृषक आत्मनिर्भर कार्यक्रम...
गाँजा खेती खुला गर्ने संघीय सरकारको तयारी

गाँजा खेती खुला गर्ने संघीय सरकारको तयारी

विराटनगर । संघीय सरकारले गाँजा खेतीसम्बन्धी नियमावली बनाउने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजा खेतीसम्बन्धी नियमावली ल्याउने बताएका हुन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले यो जानकारी दिएका हुन् । औषधि र विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्न नियमा...
‘विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी’

‘विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी’

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बाल भेला सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । महानगरका १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए । उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र बैजनाथपुरलाई विराटनगरमा गाभ...
मधेस प्रदेशका मुख्यमन्त्री बने सिंह, १३ मन्त्री नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री बने सिंह, १३ मन्त्री नियुक्त

जनकपुर । मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सिंहले १३ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मधेस सरकारमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीक...
मोरङको रंगेलीका नगर प्रहरीमाथि कुटपिट, ६ जना पक्राउ

मोरङको रंगेलीका नगर प्रहरीमाथि कुटपिट, ६ जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि शुक्रबार कुटपिट भएको छ । विद्यार्थीहरुको एक समूहले गरेको कुटपिटबाट चारजना नगर प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटबाट नगर प्रहरीहरू प्रमोद पासवान, सुनिता पौडेल, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । निजी विद्यालयले नियमविपरीत शुल्क लिइरहेको साथै शिक्षक छनोटमा मनपरी गरेको भन...
साथीलाई जोगाउन खोज्दा इलाममा पोखरीमा डुबेर किशोरीको मृत्यु

साथीलाई जोगाउन खोज्दा इलाममा पोखरीमा डुबेर किशोरीको मृत्यु

इलाम । साथीलाई पोखरीमा डुब्नबाट बचाउन खोज्दा दक्षिणी इलामको चुलाचुलीकी एकजना किशोरीको डुबेर मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया बिनिता जोगीको मृत्यु भएको हो । साथीहरुसँग पोखरीको डिलमा बसेर खेलिरहेका बेला बिहिवार अपराह्न उनी डुबेकी थिइन् । प्रहरीका अनुसार बिनिता, उनकी साथी १८ वर्षीया रोजिना साम्बा लिम्बु र उनकी बहिनी १७ वर्षीया रोशा साम्बा लिम्बु पोखर...
विपदमा परेकाहरुको उद्धार गर्न धनकुटाको मूलघाटमा सामूहिक अभ्यास

विपदमा परेकाहरुको उद्धार गर्न धनकुटाको मूलघाटमा सामूहिक अभ्यास

धनकुटा । मनसुनजन्य विपदका बेला प्रभावित मानिसहरुको कसरी उद्धार गर्ने भन्नेबारे धनकुटाको मूलघाटस्थित तमोर नदीमा अभ्यास गरिएको छ । धनकुटा नगरपालिका–९ मा पर्ने मूलघाटमा बिहिवार यस्तो अभ्यास गरिएको हो । विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा मनसुनजन्य विपद उद्धार प्रतिकार्य सम्बन्धी अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस क्रममा बाढीमा बगेका मानिसहरुको कसरी उद्धार ...
कारको ठक्करले मोरङको कानेपोखरीमा साइकलयात्रीको मृत्यु

कारको ठक्करले मोरङको कानेपोखरीमा साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा कारले ठक्कर दिंदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा बिहिवार राति भएको दुर्घटनामा अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बेलबारीबाट पथरीतर्फ आइरहेको मे १ च ३३६६ नम्बरको कारले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका मधेसी मूलका जस्तो द...
विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

विद्यार्थीले गरे धनकुटा बजार क्षेत्र सफाइ

धनकुटा । तमोर भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरुले धनकुटा बजार क्षेत्रमा सफाइ गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा उनीहरुले बजार क्षेत्र सफाइ गरेका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुईँटेलले विद्यालय प्रांगणमा फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीहरुले पनि विद्यालय परिसरमा वृक्षरोपण गरेका थिए । विद्यार्थीहरुले विद्यालय परिसरदेखि सब्जी लाइन, मदनचोक, हुल...
खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विशेष सूचनाका आधारमा साहेवजानलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । केही समयदेखि उनले लागूऔषधको कारोबार गरिरहेको सूचना आएको पाएको प्रहरीले ...
पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

पैनी र नाला सफाइ गर्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरलाई डुबानमुक्त बनाउन महानगरपालिकाले नाला र पैनी तथा ढल सफाइ गर्न थालेको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै महानगरका विभिन्न क्षेत्र जलमग्न हुने गरेको थियो । कोशी प्रदेश संसद भवन अगाडिबाट सुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी रहेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका थिए ।...
कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

कोशी अस्पतालको मेसुमा डा. सिंह नियुक्त

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्ट (मेसु) मा डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार डा. सिंहलाई ११ महिनापछि पुनः मेडिकल सुपरिण्टेण्डेण्टमा नियुक्त गरिएको हो । सिंह यसअघि पनि मेसु भएका थिए । तर नियुक्त भएको पाँच महिनामा उनलाई हटाएर डाक्टर चन्दभाल झालाई मेसु नियुक्त गरिएको थियो । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिन...
आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु

विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । कामतले विराटनगर–७ मा मंगलबार बेलुका शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगोले शरीरको करिब ७० प्रतिशत भाग जलेका कामतको कोशी अस्पतालमा उपचार भइरहेको थियो । ...
कुटपिटबाट धरानका युवकको मृत्यु, ३ जना पक्राउ

कुटपिटबाट धरानका युवकको मृत्यु, ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरानमा कुटपिट गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकका १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरिएको हो । गत आइतबार राति उनीमाथि कुटपिट भएको थियो । तीनजनाको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित न्युरो अस...
error: Content is protected !!