आजबाट नयाँ वर्ष २०८३ शुभारम्भ
काठमाडौं । नेपालमा नयाँ वर्ष विसं २०८३ आज औपचारिक रूपमा प्रारम्भ भएको छ । देशभर उत्साह, उमंग र नयाँ आशाका साथ नयाँ वर्ष मनाइँदैछ ।
वैशाख १ गतेलाई नेपालीहरूले वर्षको पहिलो दिनका रूपमा लिँदै एकआपसमा शुभकामना आदानप्रदान गर्ने, विगतको समीक्षा गर्ने र भविष्यका लागि नयाँ संकल्प गर्ने गर्छन् ।
नयाँ वर्षलाई पात्रो फेरिने दिन मात्रै नभएर सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि नयाँ सुरुआतको ...






























