आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

विराटनगर । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।  ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प दिवस मनाउन लागिएको हो । १९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्...
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँले घटाइएको छ । उक्त मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम ...
भोजपुरको षडानन्दमा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

भोजपुरको षडानन्दमा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमूल प्रदर्शनी कार्यक्रमको अवसरमा आजबाट बीउ बैंक सञ्चालनमा ल्याइएको हो । एक वर्ष अघि आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरु भएको नगरप्रमुख सुरेन्द्रकुमार सुन्दासले बताए । उनले बिउ बैंक परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थान...
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू

काठमाडौं । नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्त...
बालेनको सम्पर्क कार्यालयका लागि दमकमा खोजियो घर

बालेनको सम्पर्क कार्यालयका लागि दमकमा खोजियो घर

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्पर्क कार्यालयका लागि दमकमा घर खोजिएको छ । बालेन झापा-५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोजेको हो । रास्वपा झापाका अनुसार दमक-३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ भने अर्को एउटा घर खोज्ने काम भइरहेको छ । बालेनको आवास प्रयोजन, सम्पर्क कार्यालयसमेतका लागि घर खोजिएको रास्वपा झा...
झापामा बस र पिकअप ठोक्किँदा आमा–छोराको मृत्यु, ११ जना घाइते

झापामा बस र पिकअप ठोक्किँदा आमा–छोराको मृत्यु, ११ जना घाइते

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा भद्रपुरका डेढ वर्षीय बालक आरुति राजवंशी र उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको मृत्यु भएको हो । बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र आमाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । उनीह...
सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ हरबनीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार पाँच सय ५४ किलो गाँजा बरामद गरेको हो । बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त गाँजा भा...
भोजपुर र मोरङबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

भोजपुर र मोरङबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

विराटनगर । भोजपुर र मोरङबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले भोजपुरको आमचोक-१० बाट ४६ वर्षीय मचिन्द्र राई र मोरङको विराटनगर-१ का रिहान अन्सारीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भोजपुर नगरपालिका-१० घर भएका राई आमचोकमा डेरा गरेर बस्दै आएका थिए । राईको कोठाबाट ८७ किलो पाँच सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी अन्सारीलाई एक ग्राम २० मिलिग्राम ल...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार कायम भएको थियो । आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुबाट एक सय ७० रुपैयाँ घटेको छ । आज चा...
सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-८ स्थित सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको हो । दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गु...
काँग्रेस विशेष महाधिवेशन : यस्तो बन्यो गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति

काँग्रेस विशेष महाधिवेशन : यस्तो बन्यो गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । विशेष महाधिवेशनमा सहमतिको प्रयास असफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भए । यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमि...
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

विराटनगर । आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी ...
विराटनगरमा सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक

विराटनगरमा सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक

विराटनगर । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ । आज विराटनगरमा कार्यक्रम गर्दै विकल्पले सिटी सफारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषय समेटिएको अनुसन्धान पत्र सार्वजनिक गरेको हो । अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समिर क्षेत्रीले नेपालको तराई ...
एनसीसी तालिम लिएका ५ सय ३१ विद्यार्थी दीक्षित

एनसीसी तालिम लिएका ५ सय ३१ विद्यार्थी दीक्षित

धनकुटा । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले सञ्चालन गरेको ५१ औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा ५ सय ३१ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार पूर्वी तालिम शिक्षालय याङसीला मोरङमा आयोजित दीक्षान्त कवाज समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो । शिक्षालयले कोशी, मधेश र बागमती प्रदेशका १८ विद्यालयका २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई तालिम दिएको थियो । उक्त तालिम तीन ...
काँग्रेस संस्थापन पक्षद्वारा महामन्त्री द्वय थापा र शर्मालाई ५ वर्षका लागि निष्कासन

काँग्रेस संस्थापन पक्षद्वारा महामन्त्री द्वय थापा र शर्मालाई ५ वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा र शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि निर्देशन दिएको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान...
धनकुटाको चौबिसे गाउँपालिकाको १८ औं अधिवेशनबाट तीन वटा कानुन पारित

धनकुटाको चौबिसे गाउँपालिकाको १८ औं अधिवेशनबाट तीन वटा कानुन पारित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले तीन वटा कानुन पारित गरेको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभाको १८ औं अधिवेशनले विभिन्न तीन वटा कानुन पारित गरेको हो । चौबिसे गाउँपालिकाको वित्तीय उत्तरदायित्व ऐन, बेरुजु फछर्यौट कार्यविधि र लेखा परीक्षण कार्यविधि ऐन गाउँसभाबाट पारित भएको अध्यक्ष चेम्जोङले जानकारी दिए । अधिवेशनमा चालू आर्थिक वर्षको हालसम...
५० लाख म्यासेज पठाएर राजसंस्था स्थापनाको आह्वान गर्ने सेढाईं पक्राउ

५० लाख म्यासेज पठाएर राजसंस्था स्थापनाको आह्वान गर्ने सेढाईं पक्राउ

काठमाडौं । मुलुकको प्रदेश संरचना हटाउन र सनातन संवैधानिक राजसंस्था स्थापनाको आह्वान गर्दै ५० लाख एसएमएस पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भई गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरेको हो । उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत ठूलो संख्यामा सामूहिक सन्देश पठाएक...
विराटनगरबाट एक लाख ३४ हजार मूल्य पर्ने अवैध सामान बरामद

विराटनगरबाट एक लाख ३४ हजार मूल्य पर्ने अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१४ जतुवाबाट प्रहरीले सडक किनारमा लुकाएर राखेको अवस्थामा अवैध सामान बरामद गरेको छ । आज बिहान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले एक लाख ३४ हजार बढी मूल्य पर्ने सामान बरामद गरेको हो । प्रहरीका अनुसार सडक छेउमा रहेको परालको कुन्यूभित्र शङ्कास्पद रूपमा लुकाइएको अवस्थामा सामान बरामद भएको हो । तस्करहरूले भन्सार छलेर ल्याएको सामान लुकाएको हुनसक्ने प्रहरी...
काँग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काँग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको छ । अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको जनाइएको छ । विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवा...
झापामा नम्बर नखुलेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापामा नम्बर नखुलेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका-४ स्थित माई पुल नजिक पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कनकाई-४ का ३५ वर्षीय कमल पराजुलीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे ८ बजे विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कारले उनी सवार बीएएबी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट टाउकोमा गम्भीर च...
सुनचाँदीको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बि...
धरानमा खुकुरी प्रहार गरेर एक जनाको हत्या

धरानमा खुकुरी प्रहार गरेर एक जनाको हत्या

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित पुण्य मार्गमा धारिलो हतियार खुकुरी प्रहार गरेर एक जनाको हत्या भएको छ । मंगलबार साँझ ६ः३० बजेतिर स्थानीय ३५ वर्षीय रूपक राईको हत्या भएको हो । इलाका प्रहरी कार्यालय धरानमा डीएसपी भीषण राईका अनुसार खुकुरी प्रहारबाट रूपकको ज्यान गएको उनले बताए हो । ३३ वर्षीय रविन राईले खुकुरी प्रहार गर्दा रूपकको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि...
जीवन विकास लघुवित्तको साधारणसभाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

जीवन विकास लघुवित्तको साधारणसभाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । आज मोरङको कटहरी गाउँपालिका-२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाका  अध्यक्ष बिक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्र...
जीवन विकास लघुवित्तको सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध 

जीवन विकास लघुवित्तको सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् । मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा आज सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको निर्वाचन प्रकृयामा दुवै प...
विशेष महाधिवेशनको नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए काँग्रेस नेता भण्डारी र शर्मा

विशेष महाधिवेशनको नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए काँग्रेस नेता भण्डारी र शर्मा

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन् । डा. सुनिल शर्माले भृकुटीमण्डपबाट नेतृत्व चयनले पार्टी फुटाउने भन्दै आफूहरू नेतृत्व चयन प्रक्रियाबाट अलग्गिने र एकताका लागि अन्तिमसम्म पहल गर्ने बताए । उनले भने, ‘विशेष महाधिवेशन पक्षधरको भावनासँग एक भएर सहभागी भएको हुँ । दुवै पक्षलाई मिलाउन निरन्त...
धनकुटाको महालक्ष्मीका निशान थापाको उपचारका लागि सहयोगको अपिल

धनकुटाको महालक्ष्मीका निशान थापाको उपचारका लागि सहयोगको अपिल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ का १६ वर्षीय बालक निशान थापाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । विल्सन डिजिज नामक जटिल रोगबाट पीडित बालकको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको हो । करिब डेढ वर्षदेखि उक्त रोगबाट पीडित बनेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । उपचारका लागि धेरै खर्च लाग्ने भएपछि सहयोगक...
सुनसरीमा दुर्घटनामा परेको मोटरसाइकलबाट गाँजा बरामद, दुई जना पक्राउ

सुनसरीमा दुर्घटनामा परेको मोटरसाइकलबाट गाँजा बरामद, दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ मा दुर्घटनामा परेको मोटरसाइकलका घाइतेलाई उद्धार गर्न गएको प्रहरीले गाँजा बरामद गरेको छ । सोमबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटना भएको खबर पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घाइतेको उद्धारसँगै गाँजा बरामद गरेको हो । प्रहरीले दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका-६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही स्थानका १९ वर्षीय ...
पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ : सुनिल शर्मा

पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ : सुनिल शर्मा

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधरहरूले पार्टी एकताका लागि एक कदम पछाडि हट्नुपर्ने बताएका छन् ।  उनले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई फुट्नबाट जोगाउन दुबै पक्ष संयम हुनुपर्ने बताएका हुन् । उनले एकताको आह्वान गर्दा कारबाहीको प्रयास गरे कार्यकर्ताहरू जुर्मुराउनुपर्...
झापा–५ मा बालेन उम्मेदवार बन्दा ओलीलाई थप सजिलो हुन्छ : अध्यक्ष गिरी

झापा–५ मा बालेन उम्मेदवार बन्दा ओलीलाई थप सजिलो हुन्छ : अध्यक्ष गिरी

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप मतान्तरले जित्ने एमाले झापा अध्यक्ष प्रेम गिरीले बताएका छन् । बालेन शाहले झापा–५ बाट चुनाव लड्ने चर्चाबीच अध्यक्ष गिरीले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले बालेन झापा–५ बाट चुनाव लडेमा ओलीले झन धेरै मत पाउने दाबी गरे । पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएक...
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

विराटनगर । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जना छन् । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा घटना भएको जनाइएको छ । उक्त घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन वि...
रंगेली नगरपालिकाद्वारा शैक्षिक सुधारका लागि विद्यालयहरूको अनुगमन

रंगेली नगरपालिकाद्वारा शैक्षिक सुधारका लागि विद्यालयहरूको अनुगमन

विराटनगर । मोरङको रंगेली नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालयहरूको अनुगमन सुरु गरेको छ । नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालयहरूको समग्र अवस्था अनुगमन गरेको हो । विद्यालयहरू भएका समस्या पहिल्याउन शिक्षा सेवा अन्तर्गत आठौँ तहका पूर्व अधिकृत बलराम पराजुली र अवकाश प्राप्त माध्यमिक शिक्षक नारदप्रसाद लुइँटेललाई नगरपालिकाले जिम्मेवारी दिएको छ । अहिलेसम्म २१ वटा विद्यालयक...
error: Content is protected !!