ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरामा तीन करोड बढी भेटी संकलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा तीन करोड बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार रुपैयाँ भेटी संकलन भएको हो । उक्त अवधिमा दुई लाख १७ हजार आठ सय ७६ जनाले पाथीभरा दर्शन गरेका छन् । समितिका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८१/८२ मा तीर्थयात्रीको संख्यासँगै भेटी रकम पनि घटेको हो । समितिका अनुसार आर्थिक वर्ष २०८...
पाख्रीबासमा माओवादी परित्याग गरी दुई दर्जनबढी एमाले प्रवेश  

पाख्रीबासमा माओवादी परित्याग गरी दुई दर्जनबढी एमाले प्रवेश  

धनकुटा । धनकुटाको पाख्रीबासमा नेकपा माओवादी केन्द्र परित्याग गर्दै दुई दर्जनबढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । आज पाख्रीबास नगरपालिका-३ खोलीटारमा गरिएको कार्यक्रममा माओवादी परित्याग गर्दै उनीहरू एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, जिल्ला अध्यक्ष शिव आङ्ला, जिल्ला सचिवालय सदस्य नम्रता गौतम देउजा र पाख्रीबास नगरकमिटी उपाध्यक्ष मदन...
आजदेखि डेङ्गी सचेतना अभियान शुरु

आजदेखि डेङ्गी सचेतना अभियान शुरु

विराटनगर । आजदेखि सरकारले राष्ट्रिय डेङ्गी सचेतना अभियान शुरु गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार, सबै मन्त्रालय र सांसदको सहभागितामा अभियान सञ्चालन हुनेछ । जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर दुई हजार दुई सय ६५ रुपैयाँमा कारो...
मोरङको धनपालथानबाट तीन सय २३ किलो गाँजा बरामद

मोरङको धनपालथानबाट तीन सय २३ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ स्थित गदिया खोलाको किनारबाट तीन क्विन्टल बढी गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहानको राति करिब १ बजेतिर गाँजा बरामद गरेको हो । १० वटा बोरामा प्याक गरेर राखेको अवस्थामा बरामद भएको गाँजाको तौल तीन सय २३ किलो तीन सय ग्राम रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका ...
इलाममा ससुराली गएका युवकको छुरी प्रहारबाट हत्या, एक जना घाइते

इलाममा ससुराली गएका युवकको छुरी प्रहारबाट हत्या, एक जना घाइते

इलाम । इलाममा छुरी प्रहारबाट एक जनाको हत्या भएको छ । प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१ का २३ बर्षीय प्रकाश चापागाईँको हत्या भएको हो । आइतबार राति करिब १० बजे सूर्योदय नगरपालिका-२ का ३३ वर्षीय किरण शेर्पासँग विवाद हुँदा उनीमाथि छुरी प्रहार भएको प्रहरीले जनाएको छ । ‘प्रकाश दाइ निरोज चापागाईँसँग ससुराली आउनुभएको रहेछ’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव बोगटीले स...
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

विराटनगर । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ ग...
मोरङको सुनवर्षीमा भ्यागुताको झ्याँइझ्याँइ बिहे ! 

मोरङको सुनवर्षीमा भ्यागुताको झ्याँइझ्याँइ बिहे ! 

विराटनगर । विगतका वर्षहरूमा पनि वर्षा नहुँदा भ्यागुताको बिहे गराएका फोटो तथा भिडिओहरू सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । यो वर्षपनि देशका विभिन्न स्थानमा भएको भ्यागुताको बिहेले चर्चा पायो । लामो समय खडेरी परेपछि पानी पर्ने विश्वासका साथ भ्यागुताको बिहे गरिएको हो । सोही विश्वासका साथ आइतबार राति मोरङको सुनवर्षी नगरपालिकाका स्थानीयले पनि भ्यागुताको धुमधामसँग बिहे गरिदिएका छन् । सुनवर्षी-१ जोगीधाप...
मोरङको जहदाबाट पेस्तोलसहित दुई जना पक्राउ

मोरङको जहदाबाट पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-४ हटिया टोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा-४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार आज बिहान करिब ६ बजेतिर पेस्तोल बरामद भएको हो । दिनेश मण्डलको भुस राख्ने छाप्रो घरभित्र लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको उनको भनाइ छ । प्रहरीले खानतलासी गर्दा प्लाष्टिकको ब...
मधेशमा खानेपानीको हाहाकार भएका स्थानमा दमकलबाट पानी वितरण गरिने 

मधेशमा खानेपानीको हाहाकार भएका स्थानमा दमकलबाट पानी वितरण गरिने 

जनकपुर । मधेश प्रदेशमा खानेपानीको हाहाकार भएका स्थानमा दमकलबाट पानी वितरण गरिने भएको छ । वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरण गरिने जनाइएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका छन् । मुख्यमन्त्री सिंहका अनुसार खानेपानी आपूर्ति गरी जनतालाई त...
पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्छ : बालकृष्ण खाँण

पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्छ : बालकृष्ण खाँण

विराटनगर । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अहिलेको गठबन्धनलाई २०८४ सालको चुनावसम्म लिएर जाने बताएका छन् । आज बिहान कोइराला निवासमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता खाँणले गठबन्धनभित्र भएका कमिकमजोरीलाई सुधार गर्दै आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको उनको भनाइ थियो । काँग्र...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार दुई सय ६० रुप...
मोरङको मिक्लाजुङमा अटोले ठक्कर दिँदा एक जनाको मृत्यु

मोरङको मिक्लाजुङमा अटोले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङमा अटो रिक्साले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-६ जनजाति चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो । मंगलबार बिहान प्र १-०२-००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मगरलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले उनलाई फेला पारेर उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगेका थिए । त्यह...
मोरङको बुढीगंगामा मृत भेटिएकी युवतीको अझै खुलेन पहिचान, बलात्कारपछि हत्याको आशंका 

मोरङको बुढीगंगामा मृत भेटिएकी युवतीको अझै खुलेन पहिचान, बलात्कारपछि हत्याको आशंका 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-६ कोयलपुरस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहर नजिक सडेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । शनिबार दिउँसो एक युवतीको शव नग्न र सडेको अवस्थामा फेला परेको थियो । प्रहरीले युवतीको उमेर १८ देखी २० वर्ष हुनसक्ने अनुमान गरेको छ । शव भेटिएको चारदिन भइसक्दा पनि पहिचान हुन नसकेपछि प्रहरीले युवतीका कपडा, चप्पल र गहना सार्वजनिक गरेर पहिचानको प्रयास गरिरह...
खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर मृत्यु

खोटाङमा मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर मृत्यु

खोटाङ । खोटाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बराहपोखरी गाउँपालिका-४ की २५ वर्षीया इन्द्रा राईको मृत्यु भएको हो । सोमबार राति ९ बजे चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले आवश्यक अनुसन्धान गरिर...
उदयपुरमा तरकारी बोकेको बोलेरोभित्र गाँजा, धनकुटाका राई पक्राउ

उदयपुरमा तरकारी बोकेको बोलेरोभित्र गाँजा, धनकुटाका राई पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्धिचरण लोकमार्गमा गाँजासहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का २९ वर्षीय तेज राई छन् । सोमबार अपराह्‍न कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को १ ज १२७५ नम्बरको बोलेरो गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा चार सय ३६ किलो एक सय ४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तरकारीले छोपेको अ...
विराटनगरबाट सात लाख बढीको अवैध औषधीसहित एक जना पक्राउ

विराटनगरबाट सात लाख बढीको अवैध औषधीसहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१६ दरैयाबाट अवैध औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१६ का २६ वर्षीय सिकन्दर यादव छन् । औषधी फालेर भाग्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ४ः४० बजे भारतबाट बीआर ३८ एच २२२७ नम्बरको मोटरसाइकलमा राखेर भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले औषधी बरामद गरेको हो । मोरङ प्रह...
राजीनामापछि गुप्ताले लेखे– नखाएको विषको शिकार भएँ

राजीनामापछि गुप्ताले लेखे– नखाएको विषको शिकार भएँ

विराटनगर । घुस डिल अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफू प्रविधिको शिकारमा परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले विगत केही दिन अघिदेखि निरन्तर आफ्नो नाम घुस डिलसँग जोडेर प्रचार भएको उल्लेख गरेका छन् । ‘कहिलेकाँही नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ’, उनले लेखेका छन्, ‘अब लागेका आर...
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

विराटनगर । आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्रीको निर्देशनपछि दिए राजीनामा

घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्रीको निर्देशनपछि दिए राजीनामा

काठमाडौं । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै सोमबार बालुवाटारमा बोलाएर मन्त्री गुप्तालाई यसमा संलग्न व्यक्तिहरूका बारेमा पनि सोधेका थिए । उक्त अडियोको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्ष...
यस्तो छ बिहीबारसम्मको मौसम, केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

यस्तो छ बिहीबारसम्मको मौसम, केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती,...
अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

विराटनगर । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । उनीहरूको नेपाली ठेगाना भने खुलाइएको छैन । अमेरिकी सञ्चार माध्यमका अनुसार असार २९ गते राति करिब ९ बजे कार दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ । यादवले चलाइरहेको कारमा ओलीसहि...
पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

पाँचथरमा २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । पाँचथरको फिदिममा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २१ वर्षीय विवश खड्का, २६ वर्षीय अंकित शर्मा, पाँचथरका २१ वर्षीय अनिष योङहाङ, २४ वर्षीय सञ्जय तामाङ र २३ वर्षीय उमेश तामाङ छन् । आइतबार बिहान ४ बजे फिदिम नगरपालिका-१ स्थित बाटिका होटलमा आफूमाथि सामूहिक करणी भएको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आधारमा उनी...
टिकटक लाइभमा अपशब्द प्रयोग गर्ने युवती पक्राउ

टिकटक लाइभमा अपशब्द प्रयोग गर्ने युवती पक्राउ

विराटनगर । सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन छिन् । उनले टिकटक लाइभमा अपशब्दसहित अभद्र गालीगलौज गरेको आरोप छ । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्धा थप गरेर अनुसन्धान सुरु गरेको छ ।
कोशीमा ४१ प्रतिशत रोपाइँ, पानी नपर्दा समस्या

कोशीमा ४१ प्रतिशत रोपाइँ, पानी नपर्दा समस्या

विराटनगर । कोशी प्रदेशमा हालसम्म ४१.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ६१.६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष समयमा नै पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा कम रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा ३९.७१ प्रतिशत, मध्य पहाडमा ५१.२७ र तराइमा ३७.९७ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका ...
ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

ऋण असुल गरेर बचत फिर्ता गर्न सहकारीहरूलाई धनकुटा नगरको निर्देशन

धनकुटा । धनकुटा नगरपालिकाले भाका नाघेको ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । सहकारी संस्थाले दिएको ऋण समयमै चुक्ता नहुँदा समस्या देखिएपछि नगरपालिकाले आज सूचना जारी गरेर नगर क्षेत्रका सबै सहकारी संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो । बचत गरेको रकम फिर्ता नपाएपछि अहिले बचतकर्ताहरू समस्यामा छन् । उनीहरूले बचत फिर्ताका लागि पटक-पटक ताकेता गरिरहेका छन् । सहक...
कोशीका मुख्यमन्त्री र एफएओ प्रतिनिधिबीच भेटवार्ता 

कोशीका मुख्यमन्त्री र एफएओ प्रतिनिधिबीच भेटवार्ता 

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरू संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने,...
झापामा मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

झापामा मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० का ५३ वर्षीय पुष्प पोखरेल छन् । आइतबार राति करिब ८ बजे आफ्नै निर्माणधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक अनुसन्ध...
उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

उदयपुरमा अस्पताल लैजाँदै गर्दा गर्भवती महिलाको ज्यान गयो

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुनकी एक गर्भवती महिलाको प्रसुती गराउन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लैजाने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो । उनको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । सुत्केरी व्यथा लागेपनि ढि...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार तीन सय १५ रुपैयाँम...
झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा । झापामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ संगम चोकमा भएको दुर्घटनामा स्कुटर पछाडि सवार सोही स्थानकी ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो । प्रहरीका अनुसार भित्री पक्की सडक खण्डमा डिपुचोकबाट आम्दातर्फ आउँदै गरेको मे १ २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदैगरेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गौतमको घटनास्थलमै मृत्यु भ...
error: Content is protected !!