सुन्दरहरैँचामा घर निर्माणका क्रममा दुर्घटना हुँदा महिलाको मृत्यु, तीन जना घाइते
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज साँझ मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बेलबारी नगरपालिका-९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीको मृत्यु भएको हो ।
याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस...





























