सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म
विराटनगर । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदासँगै कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।
बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको लागि यो समय निर्धारण गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा ला...





























