टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा उनले चार स्थान सुधार गर्दै दोस्रो स्थान ओगट्न सफल भएका हुन् ।यसअघि छैठौँ स्थानमा रहेका उनी अहिलेसम्मकै उत्कृष्ट वरीयातामा पुग्न सफल भएका हुन् ।
टी-२० अलराउन्डर वरीयतामा...































