संगालोखबर


भोजपुर । ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले जग्गा सहयोग गरेका छन् । तामाङले कृषि पेसामा आवद्ध हुने इच्छा देखाएपछि राईले पाँच रोपनी तीन आना जमिन तामाङको नाममा पास गरिदिएका हुन् ।

राईले जग्गासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु समेत सहयोग गरेका छन् । पूर्वमुख्यमन्त्री राईसँगको भेटमा प्रकाशले भोजपुरमै बसेर कृषि पेसामा संलग्न हुने तर आफूसँग जग्गा नभएको बताएका थिए । जग्गा पाएसँगै प्रकाश कृषि पेसामा आवद्ध हुने भएका छन् ।

Advertisement

भोजपुरको षडानन्द नगरपालिका-१० थाप्लेगाउँमा तामाङका परिवार रहेको छ । उनको परिवार अर्काको जमिन जोतभोग गर्दै आएको छ । पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी जाम्मु इन शेर्पाले केहिदिन अगाडिको भेटमा प्रकाशलाई एक लाख नगद समेत सहयोग गरेका थिए ।

राईले आफूले सकेको सहयोग गरेको बताउँदै सारा युवा विदेश पलायन भइरहेको बेला प्रकाशले आफ्नै भूमिमा केही गर्ने सोच राख्नु सकारात्मक भएको बताए । जमिनसँगै अन्य सामाग्री पाएपछि प्रकाशले आफूले खेतीपाती गर्ने र वृद्ध बुबाआमालाई पाल्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!