विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
शोक वक्तव्यमा भनिएको छ, ‘यस दुःखद घडीमा पीडितहरूको पुनर्स्थापना तथा राहतका लागि सबै जनसमुदाय, सङ्घसंस्था, राजनैतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई आवश्यक सहयोग र सहकार्यका लागि आह्वान गर्दछु ।’