खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

विराटनगर । काठमाडौं महानगरपालिका–४ सुकेधारामा खोटाङका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा आज बिहान भेटिएका हुन् । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त सम्पर्कमा आए...
रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

विराटनगर । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा हिजो साँझ रक क्लाइम्बिङ गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सिकिस्त घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करिब ३२ मिटर उचाइको मझुवाभी...
हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् । हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण...
खोटाङमा स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गरिँदै

खोटाङमा स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गरिँदै

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ । २०७८ सालमा लागू गरिएको स्थानीय विषयको पाठ्यक्रम अधुरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समे...
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् । गएराती सम्पन्न आठौं जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान उपाध्यक्ष राईले ३३९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी दंगालले १८७ मत पाएका छन् । उपाध्यक्षमा ३९५ मतसहित कुमार आचार्य निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उप...
धनकुटाका रिजन र खोटाङका रुद्रले पारे हाउजीमा मोटरसाइकल

धनकुटाका रिजन र खोटाङका रुद्रले पारे हाउजीमा मोटरसाइकल

धनकुटा । धनकुटा बसपार्कमा आज साँझ खेलाइएको हाउजी विंगो खेलमा एकैसाथ दुई जनाले हाउसफुल गरेर मोटरसाइकल पुरस्कार जितेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मूर्तिढुंगा घर भई धरान बस्दै आएका रिजन लिम्बू र खोटाङ घर भई धनकुटा बस्दै आएका रुद्रप्रसाद फुँयालले हाउसफुल गरेका हुन् । देउराली युवा क्लबले ३ सय रुपैयाँका दरले टिकट बिक्री गरेर खेलाएको हाउजीमा हाउसफुल गर्नेलाई १५० सीसीको पल्सर मोटरसाइकल पुरस...
खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङ। मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन वडा सचिवहरुविरुद्ध मुद्दा दायर गरिएको हो । वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू ...
खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङ । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन् । पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए । गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन् । धनबह...
खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो । एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना...
खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । खोटाङमा आज साँझ गुडिरहेको बसमा आगो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुडिरहेको बा ३ ख ८९८१ नम्बरका यात्रुवाहक बसमा आगो लागेको हो । सो बस काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै थियो । घटनामा मानवीय क्षति भने भएको छैन । तर, बस र बसमा भएका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुहरुले बताएका छन् । गुडिरहेको बसमा आ...
खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला ६ वर्षपछि फोडिएको हो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, द...
खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि हुर्लुङ–जालपा सडक सुचारु भएको छ । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो । हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए । पहिरो पन्छाउँदा लाग...
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ। यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित...
खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन

खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ । दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमा...
error: Content is protected !!