केएमसीमा पूर्वउपराष्ट्रपति परमानन्द झाको शल्यक्रिया
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।
पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ...






























