नक्कली नोट र नोट बनाउने सामानसहित दुई जना पक्राउ

नक्कली नोट र नोट बनाउने सामानसहित दुई जना पक्राउ

कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गर...
काठमाडौंमा भेटियो बर्डफ्लु, सतर्कता अपनाउँन विभागको आग्रह

काठमाडौंमा भेटियो बर्डफ्लु, सतर्कता अपनाउँन विभागको आग्रह

काठमाडौं । काठमाडौंमा बर्डफ्लु रोग देखिएको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु भेटिएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा टर्की र हाँसको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । बर्डफ्लु पुष्टि भएपछि विभागले १ हजार ८६५ हाँस, ६ सय २२ बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरेको छ । करिब एक महि...
रानी–जोगवनीसहित देशभरका ३० सीमा नाका खुल्ला

रानी–जोगवनीसहित देशभरका ३० सीमा नाका खुल्ला

विराटनगर । कोरोना महामारी रोकथामका लागि सरकारले गत चैत्र ११ देखि बन्द गरेको अन्तराष्ट्रिय सीमा नाकाहरु आवश्यक शर्तसहित खुुल्ला गरेको छ । सरकारले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरका ३० सीमा नाकाहरु खुल्ला गरेको हो । गृह मन्त्रालयले बिहीबार भारत र चीनसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । निर्देशन अनुसार बिहीबारदेखि देश...
कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

काठमाडौं । कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्...
अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रधानमन्त्रीसँग लिखित जवाफ माग

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो । ओलीले गत शुक्रबार कार्की बैंक्वेटमा संवोधन गर्ने क्रममा ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ (अदालतमा) तमासा देखाउन ।’ भनेका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मु...
स्वस्थानी ब्रत सुरु

स्वस्थानी ब्रत सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुक...
तीन महिनाभित्र  सबै नेपालीलाई निःशुल्क कोरोना खोप लगाइन्छ: प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप लगाइन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउँने बताएका छन् । खोप अभियान शुभारम्भ समारोहलाई आज बिहान बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका हुन् । भारतले अनुदानमा खोप उपलब्ध गराएको प्रति भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिदै प्रधानमन्त्री ओलीले अब भारतबाट किनेर पनि ख...
बुबाले गरे दुई वर्षीया छोरीको हत्या

बुबाले गरे दुई वर्षीया छोरीको हत्या

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।  शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ । इलाका प्रहरी कार्यालय...
निर्वाचन आयोगले नेकपाका दुवै समूहका निर्णयलाई मान्यता नदिने

निर्वाचन आयोगले नेकपाका दुवै समूहका निर्णयलाई मान्यता नदिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली र प्रचण्ड–नेपाल दुवै पक्षका छुट्टाछुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आइतबार बसेको बैठकले दुबै समूहको दाबी नपुगेको निष्कर्षसहित दुवै समूहका छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो । यसअघि आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्याद दिएको थियो । दुबै समूहले विवरण संशोध...
होटलमा बसेका देवर–भाउजूको मृत्यु

होटलमा बसेका देवर–भाउजूको मृत्यु

कैलाली । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । “भाउजूको हिजो ब...
सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ

सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए । ‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ।...
गत महिना १६५ महिला तथा बालिकामाथि हिंसा

गत महिना १६५ महिला तथा बालिकामाथि हिंसा

काठमाडौं । गत महिनामा मूलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ । महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् । यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुर्व्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अप...
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न मानव अधिकार आयोगको आग्रह

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह गरेको हो । प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता उपलब्ध नगराउने उद्योगील...
तीन लाख बढीले डाउनलोड गरे ‘नागरिक एप’

तीन लाख बढीले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ । उक्त ...
राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मन...
काठमाडौंमा बस दुर्घटना

काठमाडौंमा बस दुर्घटना

काठमाडौँ । काठमाडौंको भद्रकालीमा आज विहान यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । बिहान करिब ८ बजे रत्नपार्क–भद्रकाली सडकखण्डस्थित भद्रकाली नजिकको आकासे पुल छेउमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । तीब्र गतिमा गुडिरहेको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । व्यस्त सडक बीचमा बस...
झारफुक गर्ने क्रममा झाँक्रिले तातो पन्युँले हान्दा बिरामीको मृत्यु

झारफुक गर्ने क्रममा झाँक्रिले तातो पन्युँले हान्दा बिरामीको मृत्यु

गुल्मी । गुल्मीमा झारफुकको नाममा झाँक्रिले पन्युँले हानेर एक जनाको ज्यान गएको छ । झारफुक गर्ने क्रममा रेसुंगा नगरपालिका–१ का ३८ बर्षीय रामप्रसाद श्रेष्ठले तातो पन्युँले हानेर इस्मा गाउँपालिका–३ दर्लामचौरका ६३ बर्षीय रामबहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए । रामबहादुर ढाड दुखेकाले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा धामीको घरमा आएका थिए । च...
सर्लाहीका उखु किसानको पीडा: साहुले बेइमानी गर्दा घर बेचेर ऋण तिर्नुपर्ने वाध्यता

सर्लाहीका उखु किसानको पीडा: साहुले बेइमानी गर्दा घर बेचेर ऋण तिर्नुपर्ने वाध्यता

सर्लाही । सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूले उखु खेतीबाट मनग्गे आम्दानी हुने विश्वास गरेका थिए । मल, बीउ मात्र नभइ जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ । उखु किन्ने मिलका साहुको बेइमानीका कारण वषौँदेखिको बक्यौता बाँकी रहेको छ । यसैले उखु उत्पादनमा लागेको ऋण तिर्न यतिखेर यहाँका किसान आफ्नो घरखेत नै बेच्न बाध्य भएका छन् । सर्लाहीको ध...
जी न्यूजले भन्यो: सगरमाथामा भारतले दावी गर्नुपर्छ, नाम फेर्नुपर्छ

जी न्यूजले भन्यो: सगरमाथामा भारतले दावी गर्नुपर्छ, नाम फेर्नुपर्छ

विराटनगर । भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दावी गर्नुपर्ने भन्दै रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तरवार्ता प्रशारण गरेर केही दिनयता नेपालमा चर्चा कमाइरहेको जी न्यूजले त्यस लगत्तै सगरमाथामा भारतीय दावी प्रस्तुत गर्नुपर्ने भन्दै विवादित सामाग्री प्रशारण गरेको हो । प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिन वालुवाटार आएक...
मनाङमा डेढ महिनादेखि लागेको डढेलो अझै निभेन

मनाङमा डेढ महिनादेखि लागेको डढेलो अझै निभेन

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङक...
दम्पती हत्यारालाई ११ वर्ष कैद

दम्पती हत्यारालाई ११ वर्ष कैद

काठमाडौं ।  हनुमाननगर कङ्कालिनी नगरपालिकामा भएको दम्पती हत्याकाण्डका एक अभियुक्तलाई आज अदालतले ११ वर्ष कैद सजायको फैसला गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ की ५२ वर्षीया सरोजदेवी बेगवानी र निजका पति ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्याका आरोपित हनुमाननगर कङ्कालिनी नगरपालिका–१ का ४० वर्षीय दाउद मियाँलाई जिल्ला अदालतले आज ११ वर्ष कैद सजायको फैसला गरेको हो । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलक...
स्याङ्जामा भेटिए ११५ प्रजातिका चरा

स्याङ्जामा भेटिए ११५ प्रजातिका चरा

गण्डकी । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो । चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभ...
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन  मन्त्रालयले आग्रह गरेको हो  । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुरा जन्य वस्तुको आ...
परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँने

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागि हुँन भारत जाने भएका छन् । अर्को साता भारत जाँने तयारी भएपनि भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन । भ्रमणका क्रममा नेपाल–भारतवीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा छलफल हुँने वताइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा ऐतिहासिक तथ्यका आधारमा भारतसँग सीमा विवाद समाधानका लागि छलफल गर्ने ...
यात्रुको कोरोना रिपोर्ट पोजिटिभ पाइएपछि वायु सेवा निगमका कर्मचारीलाई कारवाही

यात्रुको कोरोना रिपोर्ट पोजिटिभ पाइएपछि वायु सेवा निगमका कर्मचारीलाई कारवाही

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजिटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो । गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ आएको...
महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो । नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो । भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ । बनाउने भएर अलि परैबाट बनाउनू ।’ नेपालले तटबन्ध अझ वर सा...
नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन‍्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप  ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसिय...
नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

काठमाडौं । सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा प्रक्रिया सुरु भएको छ । कोरोनाको महामारीका कारण नौ महिना अघिदेखि बन्द रहेको परीक्षा प्रकृया पुनः सूचारु गरिएको हो । लकडाउनका कारण गत चैत ११ गतेवाट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द भएको थियो । यातायात व्यवस्था विभागले मंगलवारबाट लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागको बेवसाइटमा राखिएको लिंक...
नेकपा एकता जोगाउँन चीनको कसरत

नेकपा एकता जोगाउँन चीनको कसरत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनी...
मन्त्रिपरिषद् हेरफेर र विस्तार

मन्त्रिपरिषद् हेरफेर र विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेका हुन् । संसद विघटनपछि प्रधानमन्त्रीविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आफ्नो सम...
संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा

संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा

काठमाडौं । संसद् विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आन्दोलन थालेको छ । सशक्त आन्दोलन गर्ने केन्द्रीय कमिटिको निर्णय अनुसार शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका सयौं नेता कार्यकर्ताले जुलुश प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतले नेतृत्व गरेका छन् । नेताहरु ‘हाम...
error: Content is protected !!