संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बस सडकदेखि करिव १०० फिट तल खसेको छ । बसमा करिव २० जना सवार रहेको प्रहरीको अनुमान छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!