काठमाडौं उपत्यकामा खुकुलो पारियो निषेधाज्ञा (भिडियो रिपोर्टसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म थप १० दिन निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञा अवधिमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ । यसअघि त्यस्ता पसलहरुसमेत खोल्न रोक लगाइएको थियो ।
प्रशासनले अनुमति दिएपछि खाद्य तथा किराना पसलहरु बिहानैदेखि खुलेका छन्...





























