काठमाडौं । काठमाडौंको खुसिबूस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडमा ग्राहकहरुले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउँने भएका छन् । ग्राहकहरुलाई छुट दिने बिषयमा कुमारी बैंक लिमिटेड र क्याफेबीच सम्झौता भएको हो ।
कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बारका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट पाउँनेछन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै क्याफ एण्ड बारका सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डबाहक ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको कुमारी बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त थप सहकार्यहरु गर्दै जाने बैंकले जनाएको छ ।