- रासस
फायल तस्बीर

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्‍काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्‍काल फेला परेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्‍कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेक सर्ट र झोलाका आधारमा प्रहरीले कङ्‍काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिए ।

कङ्‍काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!