पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान उनलाई राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
उनलाई ज्वरो आएको छ । रगतमा हेमोग्लेविनको मात्रा पनि कम भएको चिकित्सकहरुले बताएका छन् । उनलाई ४/५ दिन अघिदेखि ज्वरो आएको हो । अहिले उनको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएक...





























