दृष्टीविहीन हिँड्ने ब्रेलमार्गको दूर्दशाः करोडौंको टायल वर्ष दिनमै टुक्रा-टुक्रा (फोटोफिचर)
काठमाडौं, १४ कात्तिक । केही साताअघि दृष्टीविहीन सञ्चारकर्मी वासुदेव अधिकारी भद्रकालीबाट भृकुटीमण्डपतर्फ जाँदै गर्दा प्रतीक्षालयमा नराम्रोसँग ठोक्किए । टाउकोमा सामान्य चोट पनि लाग्यो । यसको कारण थियो, ट्याकटाइल टायल (ब्रेलमार्ग)कै भर परेर हिँड्नु ।
काठमाडौंका मुख्य सडकपेटीमा दृष्टीविहीनलाई हिँडडुलमा सहज बनाउने उद्देश्यले करोडौं खर्चेर पहेँलो रंगका ब्रेलमार्ग टायल बिछ्याएको एक वर्ष बितेको छैन । य...


























