जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी
रोल्पा, १२ कात्तिक । रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् ।
आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन् भन्ने त्रासमा बाँच्नु परेको एक प्रहरीले बताए ।
जिल्लामा हाल ३६ वटा प्रहरी यूनिट रहेका छन् । रोल्पामा जि...



















