चितवन, २५ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार प्रचण्डले  पश्चिम चितवनका बर्षौदेखि बसोबास गर्दै आएका लालपूर्जा बिहिन सुकुम्बासीको पक्षमा आफू रहेको बताउदै अब बन्ने बाम गठबन्धनको बलियो सरकारले यि समस्या समाधान गरिछाड्ने बताएका छन् ।

Advertisement

 उनले भने–मलाइ थाहा छ तपार्इँहरूले जग्गाधनी पूर्जा पाउनुभएको छैन ,अब ढुक्क हुनुस् तपाइहरूले पूर्जा पाउनुहुन्छ। ’
सुकुम्बासीहरूलार्इ जग्गा , शिक्षा ,स्वास्थ्य र रोजगारीको उचित ब्यावस्थाका लागि यस पटक बामपन्थीहरूको बहुमतको सरकार आवश्यक पर्ने भन्दै त्यसका लागि सम्पूर्ण बाम गठबन्धका उम्मेद्वारहरूलाइ मतदान गरी बिजयी गराउन आग्रह गरे ।

२०४१ सालदेखी भरतपुर महानगरपालिका वडा न १४ सुन्दरबस्तिमा बस्दै आएका  किरण पौडेलले सुकुम्बासी, भूमिहिन किसानहरूको माग बामगठबन्धनले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!