काठमाडौं, २५ कात्तिक । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदातालाई मतदान प्रक्रियाबारे सिकाउन निर्वाचन आयोगले २० हजार कर्मचारी खटाएको छ।

Advertisement

स्थानीय निर्वाचनमा मतदाता शिक्षा नपुग्दा धेरै मत बदर भएपछि आयोगले यसपाली गाउँगाउँ पुग्ने गरी कर्मचारी परिचालन गरेको हो। पहिलो चरणको निर्वाचन १५ दिन बाँकी हुँदा आयोगले शनिबारबाट मतदाता शिक्षा सुरु गरेको हो।

यो प्रक्रियामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदातालाई भोट हाल्न प्रेरित गर्नुको साथै भोट हाल्ने तरिका सिकाइन्छ। प्रवक्ता नवराज ढकालका अनुसार मतदाता शिक्षाका लागि आायेगले सरकारी र गैरसरकारी संस्थाहरूसँग सम्वन्वय गरेको छ।

आयोगले राजनीतिक पार्टीहरूलाई समेत मतदाता शिक्षामा सहयोग गर्न आग्रह गर्दै आएको छ। मतदाता शिक्षा प्रभावकारी हुने भएकाले यसपाली स्थानीय निर्वाचनभन्दा बदर मत कम हुने आयोगको आकलन रहेको ढकालले बताए।

आयोगले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलगअलग तयार गरेर जिल्ला जिल्लामा पठाएको छ। प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र अलगअलग र समानुपातिकतर्फ एउटै मतपत्रमा दुई वटा छाप लगाउने व्यवस्था आयोगले गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!