संगालोखबर


काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिकरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकोले सेवा आंशिकरूपमा अवरुद्ध भएको हो । मर्मत पूरा नभएसम्म केही सेवाहरू आंशिकरूपमा बन्द रहने सूचनामा भनिएको छ ।

अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता लगायतका अन्य सार्वजनिक सेवाहरू अवरुद्ध भएका छन् ।

मर्मतको काम पूरा भएपछि सेवा फेरि नियमित हुने र यसबारे जानकारी गराइने विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!