अनार खानुका १० फाइदा

अनार खानुका १० फाइदा

१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । ३. अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । ४. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अ...
संजय दत्त ‘केजिएफ-२’मा

संजय दत्त ‘केजिएफ-२’मा

सबैलाई आश्चर्यमा पार्दै वक्सअफिसमा कमाल कमाइ गरेको दक्षिण भारतिय कन्नड सिनेमा 'केजिएफ'को सिक्वलका लागि बलिउड संजय दत्तलाई प्रस्ताव गरिएको छ। पहिलो भागको लोभलाग्दो सफलताले गर्दा सिनेमाका निर्माणकर्ताहरूले सिक्वललाई थप वृहत बनाउन संजयलाई सिनेमा ल्याउने योजना बनाएका हुन्। हाल उनीहरू संजयसँग सिनेमाको लागि कुराकानी प्रयासमा लागेका छन्। निर्माण टिमले छिटै नै संजयलाई भेटेर स्क्रिप्ट सुनाउने तयारी गरे...
कृत्रिम खुट्टा वितरण

कृत्रिम खुट्टा वितरण

काठमाडौँ, २५ माघ । दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ । सकेसम्म आर्थिक रूपमा विपन्न व्यक्तिलाई छनोट गरेर कृत्रिम खुट्टा वितरण भइरहेको अर्थाेपेडिक प्राविधिक हरिराम बोगटीले बताउनुभयो । सम्पर्कमा आएका अधिकांशलाई कृत्रिम खुट्टा दिइए पनि आफैँ ख...
मासिँदै सिमसार

मासिँदै सिमसार

पोखरा, २५ माघ । झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमीन उपयोगविहीन जस्ता देखिन्छन् तर, त्यसको महत्व एकदमै छ । सिमसार क्षेत्र अर्थात् पानी मिसिएको जमीनले प्राणी जगत् र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको हुन्छ । हिजोआज यस्ता सिमसार क्षेत्र विस्तारै विस्तारै पुरिँदै जाँदा वातावरणीय दुष्प्रभाव देखापर्न थालेका छन् । “पहिला झिनुवाको चामल पकाउँदा टोलभर मगमग बास आउँथ्यो, अहिले त कहाँ हरायो खै ?...
पोखरीमा भेटियो, महिलाको शव

पोखरीमा भेटियो, महिलाको शव

भक्तपुर, २५ माघ । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।
भोजपुरमा नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुरमा नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुर, २५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउनुभयो । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली ...
ठेकेदार भागेपछि  भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र

ठेकेदार भागेपछि भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र

सङ्खुवासभा, २५ माघ । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ । विसं २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर...
सुनसरीमा सरस्वती मूर्तिको कारोवारमा वृद्धि

सुनसरीमा सरस्वती मूर्तिको कारोवारमा वृद्धि

इनरुवा, २५ माघ । सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र ...
दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला, २५ माघ । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भएपछि जिल्लाको फोन सञ्चार अवरुद्ध भएको हो । जिल्लाभरि दर्जन बढी नेपाल टेलिकमका टावर सञ्चालनमा छन् । स्काई र नमस्तेका सबै टावरले दिनभर काम गरेको छैन । जिल्लाको मुख्य रिपीटरटावरमै विद्युत् नहुँदा जिल्लाभरि सञ्चार अवरुद्ध रहेको हो । डडेल्धुराबा...
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो

रियो डे जानेरो २५ माघ । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको छ । अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । ...
तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुम, २५ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प...
शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

दमौली, २५ माघ । तनहुँ जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमता रहेको कारागारमा हाल १३० जना कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको हो । कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदीबन्दीले शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कारागारभित्र हाल सातवटा मात्र शौचालय भएकाले कैदीबन्दीलाई समस्या परेको उहाँले ...
श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

बेझाड, २५ माघ । श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् । विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्य...
इलाममा प्रदुषण कर हट्यो, घरबहाल कर बढ्यो

इलाममा प्रदुषण कर हट्यो, घरबहाल कर बढ्यो

फिक्कल, २५ माघ । जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन था...
सिर्जना बोल्छ

सिर्जना बोल्छ

काठमाडौँ, २५ माघ । कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् । उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन । सबै गुण महिलाको भएको र त्यहीअनुसारको आकर्षण भए पनि समाजले पुरुषका रुपमा मात्रै स्वीकार्ने भएकाले उनमा आफ्नो अस्तित्वको खोजी त्यसै हराउँछ । बाध्यताले गर्दा आफ्नो चाहना मारेर पनि उनी पुरु...
सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

अमरगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताउनुभयो । सुदूरपश्चिमका वि...
आज प्रपोज गर्दै हुनुहुन्छ भने यस्ता गल्ती कदापी नगर्नुहोस्

आज प्रपोज गर्दै हुनुहुन्छ भने यस्ता गल्ती कदापी नगर्नुहोस्

आज भ्यालेन्टाइन्स विकको दोस्रो दिन हो, अर्थात् प्रपोज डे । यदि तपाईं आज कसैलाई प्रपोज गर्दै हुनुहुन्छ भने हतार नगर्नुहोस् । नेपाली उखान नै छ ‘हतारमा लतार’ अर्थात् हड्बडीको काम हुन्छ गड्बडी । आज हामी तपाईंलाई प्रपोज गर्ने चक्करमा युवाबाट कस्ता गल्ती हुनसक्छन् भन्ने बारे जानकारी दिइएको छ । आजकाल मानिसहरु सोसल मिडियामार्फत आफ्नो प्रेम दर्साउने गर्छन् । यस्तो नगर्नुहोस् । यस्तो गर्दा तपाईंले प्रपो...
उदयपुरमा बालन नाच लोप हुँदै

उदयपुरमा बालन नाच लोप हुँदै

गाईघाट, २५ माघ । उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् ...
आत्मासँग विवाह

आत्मासँग विवाह

ज्याक स्प्यारो ३ सय वर्षअघि हाइटीको समुद्री डाँकुका रूपमा कुख्यात थिए । सत्रौं शताब्दीमा उनको कुख्याती विश्वभर फैलिएको थियो । तिनै पात्रको नाममा हलिउडले ब्लकबस्टर चलचित्रसमेत तयार पार्‍यो । ज्याक स्प्यारोको आत्मा अझै पनि भड्किरहेको र आफू त्यतिबेला ज्याककी प्रेमिका रहेको दाबी गर्ने आमन्दाले केही समयअघि समुद्री डुङ्गामा आत्मासँग विवाह गरिन् । उनले आफ्नो थरमा आमन्दा स्प्यारो लार्जसमेत लेखिन् । हा...
तीन राजदूतको शपथ

तीन राजदूतको शपथ

काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभयो । राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान...
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

धनुषा, २५ माघ । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूच...
मौसम बदलीसँगै वर्षा र हिमपात

मौसम बदलीसँगै वर्षा र हिमपात

काठमाडौँ, २५ माघ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि...
झापामा माछा खोज्दा अजिङ्गर फेला

झापामा माछा खोज्दा अजिङ्गर फेला

भद्रपुर, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार हिजो स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् । प्रहरी नायब निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई सं...
फिफा वरियतामा नेपाल यथावत

फिफा वरियतामा नेपाल यथावत

काठमाडौँ, २४ माघ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औँ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७ औँ स्थानमा थियो । त्यस्तै मा...
वैदेशिक लगानी भित्र्याउन : हेजिङ फण्ड नियमावली जारी

वैदेशिक लगानी भित्र्याउन : हेजिङ फण्ड नियमावली जारी

काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै आएका थिए । मन...
उच्च क्षेत्रमा वर्षा र हिमपात किसान उत्साहित

उच्च क्षेत्रमा वर्षा र हिमपात किसान उत्साहित

चरिकोट, २४ माघ । दोलखाको उच्च भागमा आज बिहानैदेखि भएको हिमपात र वर्षको कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ भने यहाँका किसान उत्साहित भएका छन् । जिल्लाको कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङ डाँडालगायतका उच्च भागमा बिहानैदेखि हिमपात भएको छ भने जिल्लाको अधिकांश भागमा वर्ष भई रहेको छ । वर्षसँगै चिसो बढेपछि उच्चभागमा बसोबास गर्ने वृद्धवृद्धा र बालबालिका चिसोको उच्च जोखिममा परेका छन् । भूकम्...
आलु सानो बच्चाको लागि फाइदाजनक

आलु सानो बच्चाको लागि फाइदाजनक

तपाईँको भान्छामा आलुको परिकार कत्तिको बन्ने गर्छ ? अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ ? यदि खुवाउनु भएको छैन भने अव खुवाउने गर्नुस् । एक सोधपत्रका अनुसार १ देखी ३ बर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले आपूर्ती गर्छ । बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोर...
राजदूत नियुक्तिको नयाँ मापदण्ड कार्यान्वयनमा

राजदूत नियुक्तिको नयाँ मापदण्ड कार्यान्वयनमा

काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदी...
अभिषेक बच्चनलाई मनपर्छ सलमान खान–ऐश्वर्याको जोडी

अभिषेक बच्चनलाई मनपर्छ सलमान खान–ऐश्वर्याको जोडी

अभिषेकले सन् २००७ मा ऐश्वर्या रायसँग विवाह गरेका थिए । उनीहरु विवाहको १२ वर्षपछि पनि निकै खुसी देखिन्छन् । अभिषेककी श्रीमती ऐश्वर्या र सलमान खानको सम्बन्ध निकै चर्चामा थियो । यद्यपी, अभिषेक र सलमानबीचको सम्बन्धमा तित्तता छैन । यतिमात्रै होइन, अभिषेकलाई ऐश्वर्या र सलमानको अनस्क्रिन जोडी निकै मनपर्छ । फिल्म मनमर्जियाको प्रोमोशनको क्रममा अभिषेकले उनलाई सलमान र ऐश्वर्याको फिल्म हम दिल दे चुके सनम ...
विश्वभर आत्महत्याको दर घट्यो

विश्वभर आत्महत्याको दर घट्यो

पेरिस, २४ माघ । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ । विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा स...
सिन्धुली दुर्घटना अपडेट

सिन्धुली दुर्घटना अपडेट

सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । उ...
error: Content is protected !!