लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, ४ जनाको मृत्यु
काठमाडौं, १ वैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानै हवाई दुर्घटना भएकाे छ । हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको हाे ।
समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर साे दुर्घटना भएकाे हाे । आइतबार बिहान करीब ९ बजेर ५ मिनेट जाँदा विमान दुर्घटना भएको हाे ।
घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएकाे...
































