त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।

Advertisement

राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए ।

आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमण समेत भएका थिए ।

संयुक्तराष्ट्र सङ्घ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेपनि भिडन्तहरु रोकिएका छैनन् ।

लिबियाका नेता मौमर गद्दाफीको सन् २०११ मा मृत्यु भएपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलकुवामा बर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ ।

हफ्तारको पछिल्लो क्रियाकलापले मुलुकलाई गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन सकेका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!