काठमाडौं, १ वैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानै हवाई दुर्घटना भएकाे छ । हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको हाे ।

Advertisement

समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर साे दुर्घटना भएकाे हाे । आइतबार बिहान करीब ९ बजेर ५ मिनेट जाँदा विमान दुर्घटना भएको हाे ।

घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

समिट एयरकाे जहाजमाे करिब १६ यात्रु सवार रहेकाे प्रारम्भिक विवरण आएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएर उद्धार कार्य जारी रहेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!