बलिउड फिल्म उद्योगमा जब डनको कुरा आउँछ तब सबैभन्दा पहिले अभिनेता अमिताभ बच्चन र शाहरुख खानको नाम आउँछ ।

Advertisement

यी दुबै अभिनेताले फिल्ममा निर्वाह गरेको दमदार अभिनयका कारण अन्य अभिनेतालाई उनीहरुको ठाउँमा राखेर सोच्न गाह्रो हुन्छ । तर अब भने यी दुई अभिनेताहरुको सूचीमा एक अर्का अभिनेताको नाम थपिने भएको छ । ती तेस्रो अभिनेता हुन् बलिउड उद्योगमा नयाँ पुस्ताका पावरहाउसको पहिचान बनाएका रणवीर सिंह ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंहले फिल्म ‘डन ३’ मा डनको भूमिका निर्वाह गर्ने बताइएको छ । यस अघि अभिनेता शाहरुख खानले यो फिल्म गर्ने भनिए पनि अहिले शाहरुख खानले व्यक्तिगत कारण देखाउँदै यस फिल्ममा काम गर्न अस्वीकार गरेको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । तसर्थ फिल्म निर्माताहरु डनको भूमिकाको लागि रणवीर सिंहका साथ कुराकानी अगाडि बढाइरहेका छन् ।

यस फिल्ममा अभिनेता रणवीर सिंहले डनको भूमिका निर्वाह गर्ने आधिकारिक जानकारी सार्वजनिक भएको छैन । तर ‘डन ३’ की निर्माता जोया अख्तरका साथ रणवीर सिंहले यस अघि फिल्म ‘दिल धडकने दो’, ‘गली ब्वाय’ जस्ता सफल फिल्ममा काम गरिसकेकाले उनले शाहरुख खानले यो फिल्म नगर्ने भनेपछि रणवीरकासाथ कुराकानी अगाडि बढाइरहेकी छिन् ।

रणवीर सिंह र जोया अख्तरको सम्बन्ध सुमधुर भएका कारण रणवीर सिंहले ‘डन ३’ साइन गर्ने पक्का भएको चर्चा यतिबेला भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!