यी युवाले एक वर्षसम्म साङ्लोसँग डेट गरे

यी युवाले एक वर्षसम्म साङ्लोसँग डेट गरे

जापानका एक युवाले साङ्लोसँग एक वर्षसम्म डेटमा रहेको खुलासा गरेका छन् । २५ वर्षे युमा सिनोहाराले उक्त साङ्लालाई आफ्नो पहिलो प्रेमिका बताउँदै उसँग कुराकानी समेत गर्ने गरेको बताए । उनले प्रेमिकाको नाम लिजा राखे । मेट्रोका अनुसार युमाले युट्युब च्यानल एसियन बसलाई दिएको जानकारी अनुसार उनले लिसालाई अफ्रिकाबाट ल्याएका हुन् । युमा एन्टोमेफेजिस्ट हुन् । अर्थात्, वातावरणीय दृष्टिकोणले उनी मासुको सट्टा ...
कुन रङको गुलाब के को प्रतिक ?

कुन रङको गुलाब के को प्रतिक ?

प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ । यसको अवसरमा हामी तपाईंलाई गुलाबका विभिन्न प्रतिकबारे जानकारी दिन्छौं । रातो गुलाबः प्रेम, शान्ति र क्षमताको प्रतिक भ्याले...
गोली हानाहनमा दश भारतीय माओवादी मारिए

गोली हानाहनमा दश भारतीय माओवादी मारिए

नयाँ दिल्ली, २४ माघ । मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो । भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ । झडपको क्रम...
जुनियर एनटिआरले ‘बिग बोस ३’का लागि लिए २० करोड

जुनियर एनटिआरले ‘बिग बोस ३’का लागि लिए २० करोड

तेलेगु संस्करणको 'बिग बोस ३'का लागि अभिनेता जुनियर एनटिआरले २० करोड भारू पारिश्रमिक पाउने भएका छन्। भारतिय संचारमाध्यमका अनुसार एनटिआरले तेस्रो संस्करणका लागि सो रकममा काम गर्न सहमति जनाएको लेखेका छन्। पहिलो संस्करणका लागि उनले प्रति एपिसोड ३५ लाख भारू लिएका थिए। उनले लिएको त्यो पारिश्रमिक तेलेगु टेलिभिजन इतिहासमा कुनै पनि कलाकारलाई दिइएको सर्वाधिक पारिश्रमिक थियो। उनले सो पारिश्रमिक लिदैं नागा...
दुर्गममा बिजुली बल्यो

दुर्गममा बिजुली बल्यो

जाजरकोट, २४ माघ । बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी,...
सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाए...
एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, २४ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको ...
भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु : अध्यक्ष दाहाल

भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु : अध्यक्ष दाहाल

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रमम...
डिपिएल : विजेताले रु ३० लाख पाउने

डिपिएल : विजेताले रु ३० लाख पाउने

काठमाडौँ, २४ माघ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रह...
खोटाङको जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङको जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङ, २४ माघ । मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले ...
बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट एक घाइते

चितवन, २४ माघ । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहनुभएको छ । राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चो...
शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो । अखिल (क्रान्तिकारी)का को...
बदली, वर्षा र हिमपात

बदली, वर्षा र हिमपात

काठमाडौँ, २४ माघ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको...
वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

दमौली, २४ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका र...
प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

प्रियंकाद्वारा भारतीय काँग्रेसको महासचिवको पदभार ग्रहण

नयाँ दिल्ली, २४ माघ । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ । पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गर्नुभएको थियो । महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्नु भएको काँग्रेसले जनाएको छ । लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग...
शिक्षकले तलब पाएनन्

शिक्षकले तलब पाएनन्

सुर्खेत, २४ माघ । कर्णाली प्रदेशका हिमाली जिल्लामा यही माघ २५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ । जुम्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले माघ २७ गतेबाट ‘समावेशी र सुरक्षित विद्यालय भौतिक पूर्वाधार, विद्यालय शिक्षामा पहुँच बालबालिकाको आधिकार’ भन्ने नारासहित भर्ना अभियान शुरु गर्न जुम्लाका सबै विद्यालयलाई निर्देशन गरिसकेको छ । अघिल्ला वर्षझै वार्षिक परीक्षा सकेर दोस्रो चौमासिक तलब खाँदै आएक...
युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ ।  जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फ...
एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ, २४ माघ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रध...
भोजपुरमा  बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुरमा बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुर, २३ माघ । भोजपुर जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो ।
मिनीट्रकको ठक्करबाट मृत्यु

मिनीट्रकको ठक्करबाट मृत्यु

बेत्रावती, २३ माघ । विदुर नगरपालिका–२ मा आज अपराह्न मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना.२ख ९७५२ नंको गाडीको ठक्करबाट ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँको अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको गाडी नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्...
प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

विराटनगर, २३ माघ । ‘प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्...
सुन्तलाका बोक्राको औषधीय गुण

सुन्तलाका बोक्राको औषधीय गुण

एजेन्सी ।  भिटामिन सि को भण्डार भएको फल हो । यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ । तर यसका औषधीय गुणहरु पनि छन् । यदि कपाल एकदम खस...
पुरुषभन्दा महिलाको दिमाग तीन वर्ष जवान

पुरुषभन्दा महिलाको दिमाग तीन वर्ष जवान

महिलाको दिमाग पुरुषको तुलनामा तीन वर्ष जवान हुने नयाँ अनुसन्धानले बताएको छ । वासिङ्टन युनिभर्सिटीका शोधकर्ताले यस्तो दाबी गरेका हुन् । अनुसन्धानमा पुरुषको दिमाग उनीहरुको उमेरभन्दा २.४ वर्ष बुढो र महिलाको दिमाग उनीहरुको उमेरभन्दा ३.८ वर्ष जवान हुने बताइएको छ । २० वर्षका युवा–युवतीमा यो आँकडा थप सटिक पाइयो । दिमागमा सुगरको प्रयोगलाई बनाइयो आधारः दुई सय ५ व्यक्तिमाथि गरिएको यो अनुसन्धान नेशनल एक...
४० करोडको बंगला, ६ करोडको विलासी कारःअभिषेक बच्चनको

४० करोडको बंगला, ६ करोडको विलासी कारःअभिषेक बच्चनको

अभिषेक बच्चन ४३ वर्षका भए । सन् १९७६ को फेब्रुअरी ५ तारिखमा जन्मिएका अभिषेकले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट करियरको सुरुवात गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म अभिषेकले करिब ६० फिल्ममा काम गरिसकेका छन् । १९ वर्षको लामो फिल्मी करियरमा उनका थोरै फिल्ममात्र हिट भए । यति हुँदा हुँदै पनि अभिषेक करोडौं सम्पत्तिका मालिक हुन् । वेबसाइट नेटवर्दियरका अनुसार अभिषेक एउटा फिल्मका लागि ३ देखि ५ करोड शुल्...
धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका-७  का जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी  कार्यालय धन...
अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

डोटी, २३ माघ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए । शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ...
खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङ, २३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ । जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो । जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात...
दोगडाकेदारमा मोबाइल एप्स

दोगडाकेदारमा मोबाइल एप्स

बैतडी, २३ माघ । आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्...
उदयपुर सिमेन्ट उद्योग घाटामा

उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट, २३ । डेढ वर्षदेखि यता आएर विद्युत्भार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युत्भार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ । पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्...
विद्युत् चुहावट नियन्त्रणमा सफलता

विद्युत् चुहावट नियन्त्रणमा सफलता

काठमाडौँ, २३ माघ । लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ । प्राधिकरणले चालू आवमा १८.५० प्रतिशत विद्युत् चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा प्राधिकरणको प्रणाल...
सांसद निलम्बनमा परेपछि बजेट फ्रिज हुँदै

सांसद निलम्बनमा परेपछि बजेट फ्रिज हुँदै

वीरगञ्ज, २३ माघ । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद...
error: Content is protected !!