काठमाण्डौ । प्रकाश सपुत र प्रिती आलेको स्वरमा रहेको ‘दोहोरी ब्याटल–२’ युट्यूब ट्रेण्डिङको एक नम्बरमा छ । सपुतको पहिलो दोहोरी ब्याटललाई पनि दर्शकले निकै रुचाएका थिए ।

Advertisement

प्रकाश सपुतकै शब्द तथा संगीतमा तयार भएको दोहोरी ब्याटल छोटो समयभित्र नै ट्रेण्डिङ एकमा आउन सफल भएको हो । यो समाचार तयार पार्दासम्ममा याे भिडियाेलाई २० लाखभन्दा बढी पटक हेरिएको छ ।

अधिकांश दर्शकले यो दोहोरी ब्याटलमा सकारात्मक टिप्पणी गरेका छन् । अन्तिममा सकारात्मक सन्देश दिएका कारण पनि दोहोरी ब्याटललाई थप सकारात्मक टिप्पणी मिलेको छ । श्रीमान-श्रीमतीको छोडपत्र पश्चात सुरु भएको दोहोरी ब्याटल अन्त्यमा श्रीमान श्रीमतीबीच मेलमिलाप भएको छ ।

श्रीमान-श्रीमतीबीच समय समयमा उतारचढाव आए पनि दुवै मिलेर समस्याको समाधान गर्नुपर्छ भन्ने सन्देश दोहोरी ब्याटलले दिएको छ ।

यो दोहोरी ब्याटलको निर्देशन प्रकाश सपुतले नै गरेका हुन् । गीतमा करन चैसिरको छायांकन रहेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!